Published On:Tuesday, April 14, 2015
Posted by my storry
यस्तो छ वावुरामको नमुना गाउँ योजना (पूर्ण पाठसहित )
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता वावुराम भट्राईले गोरखा क्षेत्र नं. १ लाई नमुना निर्वाचन क्षेत्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रमको घोषणा गर्नुभएको छ ।
नेपाल पुरानो सामन्ती युगको अन्त्य भएर पूजीवादी युगमा प्रवेश गरेको छ । हाम्रो समाज पूजीवादी युगमा प्रवेश गरेको कुरा सत्य हो, तर त्यसको चरित्र राष्ट्रिय, उत्पादनमुलक र औद्योगिक पूजीवादी भन्दा बढी पराधीन, कमिशनमुखी र अनुत्पादक प्रकृतिको रहेको छ । पूजीवादी क्रान्ति मूलतः सम्पन्न भईसकेपछि हामीले एउटा मौलिक बाटो रोज्न आवश्यक छ । अबको चुनौती भनेको राष्ट्रिय उत्पादनशील पूजीको विकास गर्ने, रक्षा गर्ने, संस्थागत गर्ने र यसको आर्थिक, सामाजिक र सास्कृतिक पक्षलाई विकास गर्दै समाजवादी रुपान्तरणको आधार तयार पार्नु हो ।
२००७ सालदेखि २०६३ सालसम्मको आन्दोलन मूलतः सामन्तवादको विरुद्धमा थियो । यसैले पनि त्यसबेलाका आन्दोलन बढी विद्रोहात्मक र हिंसात्मक थिए । अब सामन्तवाद विरुद्धको लडाई मूलतः पूरा भई नया युग निमार्णको चरणमा मुलुक प्रवेश गरेको छ ।
नेपाली राजनीतिको एक यथार्थ के रह्यो भने यो आजसम्म राजनीतिक आन्दोलनमा बढी केन्द्रित रह्यो । अब संविधान निर्माण सगसगै दलहरुको ध्यान आर्थिक क्रान्ति र निर्माणको योजनामा जुट्न जरुरी छ ।
देशव्यापी आर्थिक–सामाजिक क्रान्तिको अभियान चलाउनु अघि निश्चित क्षेत्रमा मोडेल विकासका काम सम्पन्न गर्नु उपयोगी हुन्छ । देशको झण्डै मध्य भागमा रहेको ऐतिहासिक गोरखा जिल्ला त्यस निम्ति बढी उपयुक्त हुनसक्छ ।
माथि उल्लेखित राजनीतिक, ऐतिहासिक र सामाजिक परिप्रेक्ष्यलाई ध्यानमा राखी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ लाई नेपाल राज्यकै नमूना निर्वाचन क्षेत्रको रुपमा विकास गर्न देहायबमोजिमका नीति, रणनीति र कार्यक्रम घोषणा गरेको छु । यो नीति तथा कार्यक्रम नेपाल सरकार, विभिन्न राजनीतिक दल, दातृ निकाय तथा गैर–सरकारी संस्था, उद्यमी–व्यवसायी, र नागरिक समाजको सक्रिय सहयोग र संलग्नतामा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु ।
१.दूर दृष्टि
गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ लाई सामाजिक न्याय सहितको समृद्ध, आत्मनिर्भर र दीगो आर्थिक केन्द्रको रुपमा विकास गर्दै लैजाने ।
२.ध्येय
आर्थिक–सामाजिक रुपले पछाडि परेका समुदायको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन उत्पादनशील रोजगारीमूलक कार्यक्रमलार्ई बढावा दिने ।
३.लक्ष्य
निर्वाचन क्षेत्र नं. १ को मानव विकास सूचकांकलाई आगामी ३ वर्षभित्र राष्ट्रिय औसतको स्तरमा ल्याउने ।
४.उद्देश्य
गरीबी, बेरोजगारी र सामाजिक बञ्चितीकरणलाई विद्यमान अवस्थाको आधारमा प्रतिवर्ष उल्लेख्य रुपमा घटाउदै लैजाने ।
- कृषि तथा गैर–कृषि क्षेत्रमा लगानी वृद्धि गर्ने ।
- निर्वाचन क्षेत्र भित्रका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी रोजगारीका अवसर सिर्जना गर्ने ।
- पिछडिएका जाति, जनजाति, महिला, दलित, उत्पीडित वर्गको आर्थिक, सामाजिक उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।
- व्यवसायिक शिक्षाको सर्वसुलभताको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।
- स्थानीय स्तरमा प्रयोगको लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने ।
- कृषिमा आधारित उद्योग सञ्चालन गर्न सरकारी, निजी तथा सहकारीको माध्यमबाट विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने ।
- ग्रामीण पूर्वाधार निर्माणको लागि सरकारी र निजी साझेदारीलाई परिचालन गर्ने ।
- गरीब, सीमान्तकृत, महिला र पिछडिएको वर्गको लागि सरकारी स्तरबाट प्रदान गरिएका सेवा र सुविधामा पहूच बढाउन अभियान सञ्चालन गर्ने ।
- कृषिको उत्पादन वृद्धि गर्न र जमीनको अधिकतम उपयोग गर्न भूमि बैंकको कार्यक्रम सञ्चालन गर्ने ।
- गोरखाको विशिष्ट ऐतिहासिक, सा“स्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सम्पदाको रुपमा विकास गर्ने ।
- राष्ट्रिय गौरवको योजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजनाले यस क्षेत्रमा दीर्घकालीन रुपमा सिर्जना गर्ने विकासका प्रचुर अवसरहरुको अधिकतम सदुपयोगका लागि प्रारम्भिक तयारी गर्ने ।
५.रणनीति
- सरकारी, निजी तथा सहकारीको माध्यमद्वारा स्रोत परिचालन गर्ने ।
- स्थानीय श्रम, सीप र पू“जीलाई अधिकतम परिचालन गरी स्थानीय अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित गर्ने ।
- विपन्न, महिला तथा अन्य लक्षित वर्गको जीवनस्तर उकास्न रोजगारी तथा स्वरोजगारीमा पहू“च अभिवृद्धि गर्ने ।
- निर्वाचन क्षेत्रमा आफ्ना सदस्यहरुलाई बचत संकलन तथा लघु कर्जामा पहू“च अभिवृद्धि गर्ने ।
- लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने ।
- महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग तथा श्रमिकको जीवनस्तरमा सुधार ल्याउन उत्पादन तथा बजार सहकारी व्यवसायमा पहू“च बढाउने ।
- युवामैत्री आधुनिक प्रविधिको प्रयोग गरी कृषि व्यवसायमा युवा पुस्तालाई संलग्न गराउने ।
६.कार्यनीति
-तत्काल
- क्षेत्रीय विकास योजना
- नमूना गाउ“
- अन्य
७. संगठन संरचना
- सरोकारवाला समूहः
- विज्ञ समूह
- सल्लाहकार एवं संरक्षक समूह
- कार्यालय



