Published On:Wednesday, April 15, 2015
Posted by my storry
थापाको ६० वर्षे राजनीतिक यात्रामा पूर्णविराम
३ वैशाख, काठमाडौं ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको पारिवारीक स्रोतलाई उदृत गर्दै राप्रपाले जनाएको छ ।
स्वास प्रस्वासको समस्याबाट लामो समय देखी ग्रस्त थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए ।
२०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए। पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा अहिले बाणिज्यमन्त्री छन् ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि उहाँ मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बन्नुभएको थियो । पञ्चायतको पहिलो प्रधानमन्त्री उहाँ नै बन्नुभएको थियो ।


