Published On:Sunday, March 8, 2015
Posted by Unknown
एक दिवसीय राष्ट्रिय क्रिकेटमा एपिएफ विजयी
२४ फागुन, काठमाडौं ।राजधानीमा सञ्चालन भएको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको सो प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले क्षेत्र नम्बर ३ काठमाडौँलाई ६४ रनले पराजित गर्दै विजयी भएको हो।
टस जितेर पहिले ब्याटिङ्मा उत्रेको एपिएफले ४७ दशमवल ४ ओभरमा सबै विकेट गुमाउँदै २१७ रन जोड्यो। जवाफी ब्याटिङ्मा उत्रेको काठमाडौँ ४४ दशमवल ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो।
एपिएफको जितमा दिपेन्द्र चौधरीले सर्वाधिक ५२ रनको योगदान दिए। त्यस्तै, सुवास खकुरेलले २५, सन्जय श्रेष्ठले २४, ज्ञानेन्द्र मल्लले २३ र अरिफ शेखले २२ रनको योगदान दिए।
काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा एपिएफका सन्जम रेग्मी एक्लैले चार विकेट लिएका थिए। प्रतियोगितामा उनी म्यान अफ द म्याचसमेत घोषित भए।
त्यस्तै, काठमाडौँका लागि भने अदिल खानले ३८, भुपेन्द्र थापा क्षेत्रीले २५ र सुदिप शर्माले समान २५ रन जोड्नुबाहेक अन्य ब्याट्स्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
भोलि सोमबार त्रिवि मैदानमा त्रिभुवन आर्मी क्लबले क्षेत्र नम्बर एक विराटनगरको सामना गर्नेछ भने पुल्चोकमा क्षेत्र नम्बर २ वीरगन्जले क्षेत्र नम्बर ५ नेपालगन्जको सामना गर्नेछ। रासस