Published On:Wednesday, March 18, 2015
Posted by Unknown
मोडालिटीमा सहमति नहुँदा नेपाली कामदार इजरालय जानबाट बञ्चित -
५ चैत, काठमाडौ । नेपाली कामदार लिन इजरायल तयार भए पनि दुई देशबीच मोडालिटीमा सहमति हुन नसक्दा कामदार जानबाट बञ्चित भएका छन् ।
कामदार लिने र पठाउने विषयमा ६ महिनाअघि
नै सहमति भए पनि कसरी पठाउँने भनेर मोडालिटीमा अहिलेसम्म सहमतिमा पुग्न
नसक्दा जाने प्रतिक्षामा रहेकाहरु निराश हुन थालेको अन्नपूर्ण पोष्टमा खबर छ ।
इजरायलले सुरुमा पाइलट प्रोजेक्टअन्तर्गत तीन सयजना नेपाली कामदार लिन लागेको हो । यसका लागि उसले विभिन्न सर्त अघि सारेको छ ।
कामदार आदानप्रदान प्रक्रिया र मोडालिटीका
सम्बन्धमा सहमति कायम गर्न दुई देशबीच चारपटकसम्म मस्यौदामा छलफल र
परिमार्जन समेत भइसकेको छ । दुई देशले इमेल तथा चिठीमार्फत सुरुमा बनाएको
मस्यौदामा संशोधन गरिसकेका छन् । तर, अहिलेसम्म निचोडमा भने पुग्न नसकिको
सम्बद्ध अधिकारीले जनाएका छन् ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता
बुद्धिबहादुर खड्काले कामदा पठाउने मोडालिटीको मस्यौदामा धेरैपटक छलफल पत्र
आदानप्रदान भए पनि सहमति हुन बाँकी रहेको बताए ।


