Published On:Tuesday, March 17, 2015
Posted by Unknown

जेलबाट छुटेपछि फेरि युवती तस्करीमै संलग्न


०४ चैत्र, काठमाण्डौ,- नेपाली युवतीलाई अफ्रिकी र खाडी मुलुकका डान्सबारमा काम लगाउने भन्दै त्यहाँ पुर्‍याएर यौन शोषण गराउने एक गिरोहमा संलग्न एक भारतीयसहित ७ जना पक्राउ परेका छन् ।  कान्तिपुर दैनिकमन समाचार छ ।
पक्राउ पर्नेमा ललितपूर इमाडोलका ३४ वर्षीय राजेन्द्र सुवेदी खत्री, काठमाडौं मैतीदेबी बस्ने ३७ वर्षीय सबिन भनिने सबिनराज मानन्धर, भारतिय नागरिक २७ बषिर्य रियान भनिने तरुण रोजना खनगवाल, काठमाण्डौं इचङगु नारायणका ३९ वर्षीय ललितराजसिंह सुवाल, मोरङ विराटनगरका २८ वर्षीय सुनिल अधिकारी, संखुवासभा आँखीभुई घर भएका आशिष भनिने केदारबहादुर खडा र धनकुटाका ३० वर्षीय नबिन दाहाल छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

सुवेदी र दाहाल यसअघि पनि मानव बेचबिखन मुद्धामा पक्राउ परेका ब्यक्ति हुन् । सुवेदी २०७० भदौमा युवती बिक्रिको आरोपमा समातिएका थिए । उनीसहित ५ जनालाई ब्युरोले नै पक्रेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा छाडेको थियो । छुटेपछि पनि उनी फेरी युवती तस्करीमै संलग्न रहेको प्रहरीले जनाएको छ । ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले सुवेदीको नेपालमा र दुबईमा समेत डान्सबारमा लगानी रहेको जनाए ।

डीआईजी मल्लका अनुसार काठमाडौंस्थित बिमानस्थलबाट युवती लैजान नसके भारतका दिल्ली, मुम्बई र गुजरातको अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनीहरुलाई अबैधानिक रुपमा पठाउने गरिएको छ । 'यहाँ महिनाको लाख रुपैंया कमाई हुने भनेर पठाईन्छ' मल्लले भने 'त्यहाँ पुगेपछि कोठामा बन्धक बनाएर ग्राहकसंग यौन क्रियाकलाप गर्न बाध्य पारिने गरेको पाइएको छ ।'


0 comments for "जेलबाट छुटेपछि फेरि युवती तस्करीमै संलग्न"

Leave a reply

    Popular Posts

    Blog Archive