Published On:Saturday, March 28, 2015
Posted by Unknown
सञ्जय साहको सम्पत्ति १ अर्बभन्दा बढी
१५ चैत्र, काठमाण्डौ - व्यक्ति हत्या अभियोगमा जेलजीवन बिताइरहेका निलम्बित सभासद् सञ्जयकुमार
साह तथा आफन्तका नाममा करिव १ अर्ब रुपैयाँको चलअचल सम्पत्ति फेला परेको छ
। कारोबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।
जनकपुर बम विस्फोटनका मुख्य योजनाकार साहको सम्पत्तिमा करिव १ वर्षदेखि
सिआइबीले छानबिन गरिरहेको छ । गत वर्ष पर्साबाट फत्राउ परेका साहविरुद्ध ८
महिनाअघि सम्पत्ति शुद्धिकरणअन्तर्गत अनुसन्धान भइरहेको छ । उनको १५
वर्षअघिसम्म आर्थिक अवस्था सामान्य थियो ।


