Published On:Tuesday, March 17, 2015
Posted by Unknown

चीनबाट हालसम्मकै ठूलो लगानी आउँदै


०४ चैत्र, काठमाण्डौ,- चीनीयाँ लगानीकर्ताकातर्फबाट अहिलेसम्मकै ठूलो लगानी आउने भएको छ । चीनको दसौं ठूलो सिमेन्ट उत्पादक होङसी ग्रुपले नेपालमा अहिलेसम्मकै ठूलो लगानी भित्राउन लागेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
२१ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशीक लगानी (एफडिआई) ल्याउने गरि नेपालको शिवम होल्डीङ ग्रपसंग मंगलबार सम्झौता भएको छ । उद्याेग विभागका अनुसार चीनिका एउटै लगानी लगानीकर्ताले २० अर्ब रुपैयाँ भन्दा बढीको एफडिआई स्वीकृत गराएका छैनन् । जलविद्युत आयोजनाका लागि २० अर्ब २४ करोड रुपैयाँ र ४ अर्ब ८ करोड रुपैयाँ चीनका तर्फबाट यस अघिको ठूलो एफडिआई हो । यस बाहेक एक प्रतिष्ठान तथा लगानीकर्ताले अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छैनन् । उक्त आधारमा होङसीले ल्याउन लागेको लगानी अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

'चीनको तर्फबाट नेपालका लागि पुर्वाधारमा सबैभन्दा ठूलो लगानी हुने छ,' सम्झौता समारोहमा चीनियाँ राजदुत उ चुनताईले भने, 'यो लगानीले सकारात्मक सन्देश जाने छ । अन्य लगानीकर्तालाई पनि आकषिर्त गर्ने छ ।' होङ्सी शिवम सिमेन्ट प्रालीमा नेपाली लगानीकर्ताको भने ७ अर्ब रुपैयाँ मात्रै हुने छ । उक्त आधारमा शिवम होल्डीङको ३० र होङ्सी ग्रुपको ७० प्रतिशतको अनुपातमा लगानी रहने छ । सम्झौता समारोहमा राजदुत चुनताई, अर्थमन्त्री रामशरण महत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त लगायतको उपस्थीति थियो । पछिल्लो समयमा चीनिको तर्फबाट नेपालको अर्थतन्त्रका लागि सकारात्मक गतिविधि भईरहेको अर्थमन्त्री महतले बताए ।


0 comments for "चीनबाट हालसम्मकै ठूलो लगानी आउँदै"

Leave a reply

    Popular Posts

    Blog Archive