Published On:Tuesday, March 17, 2015
Posted by Unknown
नायक लुईंटेललाई पनि छाडेन ग्रिन कार्ड मोहले
०३ चैत्र,काठमाण्डौ - झण्डै दुई महिना यता अमेरिकामा रहँदै आएका नायक जीवन लुईंटेललाई अमेरिका मोहले तानेको छ । उनले १५ दिन अघि मात्रै ग्रिन कार्डका लागि बुझेका छन् । तर, उनले ग्रिन कार्डको यो बुझाईलाई भन्दा चलचित्र प्रदर्शनलाई प्राथमिकता दिन नेपाली सञ्चारकर्मीलाई आग्रह गरेका छन् । उनले अमेरिकामा आफूले लगातार नेपाली चलचित्र प्रदर्शन गरिरहेको उल्लेख गर्दै यस अघि कसैले यसरी चलचित्र प्रदर्शन नगरेको बताएका छन् । अमेरिका बसाइमा जीवनले आफू अभिनित ठूली, स्टुपिट मन, भूल भूलैया को प्रदर्शन गरेका छन् ।
१५ दिन पछि नेपाल फर्कने तयारीमा रहेका जीवन नेपाल आए लगत्तै चलचित्रकर्ममा लाग्ने छ । नेपाल आउँना साथ ‘बाजिगर’मा अभिनय गर्ने टुङ्गो लागे पनि अन्य चलचित्रका बारेमा कुनै निर्णय नभएको बताएका जीवन अमेरीका मोह छाडेर नेपाल फर्किन भने लागेका होईनन् । नेपाल आएर ग्रिन कार्डका लागि प्रकृया अगाडि बढाउन मिल्ने भएपछि उनी स्वदेश फर्कन लाग्ने भएका हुन ।
नायिका अरुणिमा लम्सालले १ बर्ष अघि अमेरिका पुगेर ग्रिन कार्डका बारेमा बझेकी थिई । त्यसपछि नेपाल फर्किएर प्रकृया अगाडि बढाएकी लम्साल अमेरिका उड्ने तयारी गरिरहेकी छन् । उनको हातमा ग्रिन कार्ड परिसकेको छ । नेपाली चलचित्रको बजार दिनहुँ खस्कदो छ भने नेपाली कलाकारको अमेरिका मोह बढ्दो ।
अमेरिकामा रहेकी नायिका रञ्जना शर्मा ग्रिन कार्डको प्रकृयामै छन् भने । नायक निरज बराल पनि अमेरिकै बसेर ग्रिन कार्डका लागि धाईरहेका छन् । नायक राजवल्लभ कोईरालाले ग्रिन कार्ड हात पारिसकेका छन् । नायक रमेश उप्रेती तथा नायिका गौरी मल्ल ग्रिन कार्डको सफलता हात पार्न नसकेपछि नेपाल फर्किएका छन् ।


