Published On:Wednesday, March 11, 2015
Posted by Unknown
स्कटल्याण्डलाई हराउँदै श्रीलंका क्वार्टरफाइनलमा
२७ फागुन, काठमाण्डौ- विश्वकप अन्तगरत बुधबार समूहको पुछारमा रहेको स्कटल्याण्डलाई हराउँदै श्रीलंका क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
होबार्टमा भएको खेलमा एशोसिएट राष्ट्र स्कटल्याण्डलाई श्रीलंकाले १ सय ४८ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३ सय ६३ रन बनाएको थियो। श्रीलंकाका लागि कुमार सांगाकाराले १ सय २४ रन जोडे भने तिलकरत्ने दिलसानले १ सय चार रन जोडे। यसैगरी, कप्तान एन्जेलो म्याथ्युजले २१ बलमा ५१ रन बनाएका थिए।
३६४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको स्कटल्यान्डले ४३ ओभर १ बलमै सबै विकेट गुमाएर २ सय १५ रनमात्र जोड्न सक्यो। फ्रेडी कोलेमनले ७० रन बनाएको इनिङलाई सस्तैमा समेट्ने क्रममा नुवन कुलसेकरा र दुस्मन्था चमीराले समान ३–३ विकेट लिए।
समूह चरणका सबै ६ खेल खेलिसकेको श्रीलंका चार खेल जित्दै क्वार्टरफाइनलमा पुगेको छ भने एक खेल नजितेको स्कटल्यान्डले अन्तिम खेल खेल्न बाँकी छ।



