Published On:Wednesday, March 18, 2015
Posted by Unknown
हामी त एसएलसीमा पास हुन्छौं तर प्रहरी र प्रशासन भने कहिले पास हुन्छ?
तेजावको घाउमा एसएलसीको मलम
अस्पताल शय्याछेउ सानो र्याकमा माथिल्लो खण्डभरि औषधि, ब्यान्डेज र अरु खिद्रिमिद्री सामग्री छन्। तल्लो खण्डमा किताब-कापी।
संगीता पुलामी मगरलाई हरेक पल ती किताब- कापीले आफूतिर तानिरहन्छन् । उनी
चाहन्छिन्-जर्याकजुरुक उठूँ, पाना पल्टाउँ र र पढ्न थालूँ, बिहीबार सुरु
हुने एसएलसी परीक्षाका निम्ति।
आजको नागरिकमा रूवी रौनियारले खबर लेखेकी छन्।
यही तन्द्रामै कहिलेकाही हात त्यसै तन्किँदो रहेछ, गोडा त्यसै लम्किन
खोज्दो रहेछ । जब ज्यानको मन्द चालले नै आलो घाउ टन्किन थाल्छ, उनी
झल्याँस्स हुन्छिन्।
तन्द्रामै पलाएका सपनाका प्वाँख एक एक गर्दै भुइँमा झर्छन्। संगीता काठमाडौं मेडिकल कलेजको बेड नम्बर ४७४ मा फड्फडाउन थाल्छिन्।
डाक्कर बन्ने धोको छ, संगीताको । कम्तीमा प्रथम श्रेणीमा एसएलसी पास गरेर
साइन्स पढ्ने योजना बुनेकी छन्। यही योजनाले उनलाई बसन्तपुरको यो ट्युसन
सेन्टरमा पुर्याएको थयो । जहाँ फागनु १० गते बिहान एक अपरिचितले
कक्षाकोठाभित्रै उनीसहित सीमा बस्नेत र हेमु मुखर्जीमाथि तेजाब छ्यापे ।
हेमु त भागेर बच्न सफल भइन्, संगीता र सीमाको भने एसएलसी तयारी नै छेकियो।
सरकारले अस्पताल शय्याबाटै यी दुईलाई एसएसली दिने व्यवस्था मिलाकाएको छ ।
तेजावले जलेर गम्भीर घाइते संगीताका लागि यही शय्याबाट जाँच दिनु पनि कम्ता
गाह्रो हुने छैन।
शरिरको बायाँ भागको मासु काटेर दाहिने हातखुट्टामा प्रत्यारोपण गरिएकाले
उनी गलेकी छन्। घाउमा केही सुधार आएपनि पूरै निको हुनमहिनौ लाग्ने
डाक्टरहरूको भनाइ छ।
घाउ जति गहिरो छ उत्तिकै अग्लो छ संगिताको आत्मविश्वास। उनी भरोसासाथ भन्छिन्,‘म जसरी भएपनि एसएलसी दिन्छु र पास हुन्छु।’
एसएलसी तयारी निम्ति ट्युसन पढ्ँन जाँदा यस्तो चोट लाग्यो, अब एसएलसी
नतिजा नै मलम बन्नेछ’ उनीहरुले हामी त एसएलसीमा पास हुन्छौं तर प्रहरी र
प्रशासन भने कहिले पास हुन्छ।’


