Published On:Wednesday, March 25, 2015
Posted by Unknown
रेखा थापाले भनिन्- ‘छोटा लुगा लाउथेँ, लाउछु र लाइरहन्छु’
१२ चैत्र, काठमाण्डौ । धेरैले चर्चाका लागि रेखा थापा जे पनि गर्छिन् भन्ने ठान्छन्। रेखा
भन्छिन्- मैले जे गरेपनि चर्चा हुन्छ। सत्य केहो भने रेखा थापाको नयाँ
फिल्मसँगै चर्चाको नयाँ विषय पनि आउँछ। उनले फिल्म चलाउनका लागि गरिएका
भनिएका केही चर्चीत रहस्यहरू आज प्रकाशित शुक्रबारमा खोलेकी छन्।
रेखालाई धेरैले पर्दामा देखे। थोरैले नजिकबाट नियाले। जतिले पर्दामा देखे,
उनीहरूलाई छोटो पहिरन लगाउने उत्ताउली केटी लाग्यो। पर्दाकी पात्र चरित्र
रेखा थापामा मिसाइयो। हिरोइन रेखा र बाहिरी रेखाबीच फरक छुट्टाउने काम
गरिएन जतिबेला नारीलाई रोनाधोनामै सिमित राखेर निरूता (सिंह) दिदीहरूलाई
प्रस्तुत गरिन्थ्यो, त्यतीबेला कलेज पढ्ने युवतीको भूमिकामा म प्रस्तुत
भएकी हुँ र छोटो कपडा लगाउने केटीको चरित्र निर्वाह गरेकी हुँ। त्यसमा
पहिरन सुहाउने उमेर पनि सदुपयोग गरेकी हुँ। त्यसको चर्चा भयो। पात्र अनुसार
छोटा कपडा लाउथेँ,लाउँछु र लाइरहन्छु।


