Published On:Monday, March 30, 2015
Posted by Unknown
फेसबुकको प्रेमले घर छाड्दा
१७ चैत्र, कञ्चनपुर ।५ वर्षअघि आफैले रोजेको केटोसित उनले बिहे गरेकी थिईन । सवथोक ठीकठाक
चलिरहेको थियो थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी
खुसी थियो । तर श्रीमान श्रीमती दुबै बेरा्जगार हुदाँ परिवार चलाउन
समस्या भयो ।
उनीहरुबीच बेलाबेला विवाद हुन थाल्यो । आर्थिक समस्यापछि उनले श्रीमानलाई वैदेसिक रोजगारमा पठाइन । कान्तिपुर दैनिकमा समाचार छ ।
यो कथा हो ओखलढुंगाको फूलबारीकी २७ वर्षीया विमला राइको । श्रीमान वैदेशिक
रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दे काकाकाकीसँगै बस्न
थालिन । फेसकुबक चलाउन सिकिन ।त्यही फेसबुकबाट उनी प्रेममा परीन र झन्डै
बेचिने अवस्थामा पुगेकी थिईन ।
भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक
गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै
भारतिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेको छ ।


