Published On:Tuesday, March 17, 2015
Posted by Unknown
सौगातको सम्मानमा ३ लाख ५० हजारको छात्रबृत्ति
८ बर्ष पनि नपुग्दै नेपाली चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेका सौगात बिष्टको कामलाई धेरैले पत्याएनन् । जसका कारण विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगातको ‘लभ यू बाबा’ व्यवसायिक रुपमा चल्न सकेन । तर, यहि व्यवसायिक रुपमा असफल बनेको चलचित्रले उनलाई थुप्रै सफलताका सिडिहरु उकालिरहेको छ । चलचित्र ‘लभ यू बाबा’कै कारण बर्ष भरीकै उत्कृष्ठ पुरुष घोषित हुनेदेखि विभिन्न ठाउँमा सम्मान तथा प्रशंसा बटुल्न सफल भए ।
उनको प्रतिभाको सम्मान गर्दै अध्ययनरत बिद्यालय सूर्योदय आवासीय माध्यमिक विद्यालयले ३ लाख ५० हजारको छात्रबृत्ति दिने निर्णय गरेको छ । सोमबार एक प्रेस बिज्ञप्ती जारी गरी कक्षा २ मा अध्ययनरत आठ वर्षका कलिला बालक जसले ठूलो पर्दाको नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ को निर्देशन गरी आफ्नो जादुगरी क्षमता प्रदर्शनबाट विद्यालयको मात्र नभइ राष्ट्रकै गरिमा बढाएकाले उनको सम्मानमा छात्राबृत्ति प्रदान गरिएको उल्लेख गरिएको हो ।
सानै उमेरमा चलचित्र निर्देशन गरि विद्यालय तथा राष्ट्रकै गरिमा बढाएकोमा बिद्यालय परिवार खुसि तथा उत्साही रहेको बिद्यालयका प्रिन्सिपल लक्ष्य बहादुर केसीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ । सौगातको प्रतिभा र क्षमताको कदर स्वरुप भावि दिनमा उनको अतिरिक्त विधासँगै शैक्षिक वृत्ति विकासका लागि छात्रवृत्ति प्रदान गर्ने निणय गरेको बिद्यालयले जनाएको छ । @nepalpati


