Published On:Wednesday, April 8, 2015
Posted by Unknown

०४७ सालपछि नेपाललाई ८ खर्बको अनुदान

२६ चैत, काठमाडौं । विभिन्न दातृ निकायले ०४७ यता नेपाललाई झन्डै आठ खर्ब रुपैयाँ अनुदान सहयोगको प्रतिबद्धता गरेका छन् । प्रतिबद्धता व्यक्त भएकामध्ये चालू आथिृक वर्षको पुससम्ममा साढे १२ अर्बमात्र आउन बाँकी छ ।

०४७ देखि आव ०७०र७१ सम्म डेढ दर्जन द्विपक्षीय र आधा दर्जन बहुपक्षीय दाताले सात खर्ब ६७ अर्ब ६३ करोड ७५ लाखको अनुदान सहयोगको प्रतिबद्धता गरेका हुन् । द्विपक्षीयतर्फ चार खर्ब ५२ अर्ब १६ करोड ६ लाख १० हजार र बहुपक्षीयतर्फ तीन खर्ब १५ अर्ब ४७ करोड ६९ लाख १० हजार रुपैयाँ सहयोग प्रतिबद्धता रहेको नयाँ पत्रिकामा खबर छ ।

नेपालका लागि सबैभन्दा धेरै सहयोग गर्ने राष्ट्र अमेरिका हो । २४ वर्षमा अमेरिकाले ९२ अर्ब ९७ करोड सहयोग गरेको छ ।
धेरै सहयोग गर्नेमा जापान दोस्रो, बेलायत तेस्रो, डेनमार्क चौथो, जर्मनी पाँचौ, चीन छैटौं, स्वीटजरल्यान्ड सातौ र भारत आठौंमा पर्छन ।

0 comments for "०४७ सालपछि नेपाललाई ८ खर्बको अनुदान"

Leave a reply

    Popular Posts

    Blog Archive