Published On:Wednesday, April 8, 2015
Posted by Unknown

चीनका गाउँमा दर्जनौ नेपाली युवतीको बिचल्ली

२६ चैत, काठमाडौं । विवाह गरेर चीनको दुर्गम गाउँ पुगेका नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् । चीनको उत्तर-पूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरुलाई यौनदासका रुपमा राखिएको बताएका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) की एसपी किरण बज्राचार्यका अनुसार पीडित युवतीले दुःख पाएको भन्दै उद्धारका लागि फोनमार्फत आग्रह गरेको नयाँ पत्रिकामा खबर छ । यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको बज्राचार्यले बताइन् ।

काठमाडौंका म्यारिज ब्युरोमार्फत चिनियाँ पुरुषसँग बिहे गरेर नेपाली युवती चीनका विभिन्न गाउँमा पुगेका छन् ।

0 comments for "चीनका गाउँमा दर्जनौ नेपाली युवतीको बिचल्ली"

Leave a reply

    Popular Posts

    Blog Archive