Published On:Wednesday, April 8, 2015
Posted by Unknown
गर्भमै रहेको शिशुलाई अंश छुट्याउने कानून आउने
२५ चैत, काठमाडौ । अंशबण्डा गर्दाको बखत आमाको गर्भमा रहेको शिशुले पनि अंश पाउने नयाँ कानूनी ब्यवस्था आउने भएको छ ।हालसम्म विद्यमान नेपाल कानून अनुसार नजम्मिएको मानिसले अंश पाउँदैन । तर, सरकारले संसदमा प्रस्तुत गरेको नयाँ देवानी संहिताअनुसार अंशियार आमा गर्भवती छिन् भने उनीबाट जन्मिने शिशुलाईसमेत समान अंशियार मानी उलाई अंशभाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्ने ब्यवस्था गर्न लागिएको अभियान दैनिकमा खबर छ ।
देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा २११ उपदफा २ मा भनिएको छ, ‘अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्नेछ ।’ तर गर्भवती महिलाबाट जिउँदो शिशु जन्मिएन भने चाँही त्यस्ता शिशुका लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउने सोही दफामा उल्लेख छ ।
हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० को अंशबण्डाको महलमा प्रत्येक जीवित अंशियारले बराबर अंश पाउने कानूनी ब्यवस्था छ ।


