Published On:Wednesday, April 15, 2015
Posted by my storry

भोकमरीमा परेका चेपाङलाई डा. भट्टराईको सहयोग

गोरखा, २ बैशाख । 
फोटो निजि सचिव: विश्वदिप पाण्डे 
पूर्वप्रधानमन्त्री, एमाओवादी बरिष्ठ नेता तथा गोरखा निर्वाचन क्षेत्र नं. १ का जनप्रतिनिधि डा. बाबुराम भट्टराइले गोरखाका भोकमरीमा परेका चेपाङ परिवारलाई मंगलवार दाल, चामल वितरण गर्नुभएको छ । 
गरीब तथा विपन्न गोरखाका चेपाङ परिवारमा खाद्यान्य अभाव भइ भोकमरीमा परेपछि डा. भट्टराईले यसअघि नै उनीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।मंगलवार उहाँले ५० भन्दा बढी परिवारलाई एक/एक बोरा चामल र दाल वितरण गर्नुभएको हो ।
‘यो सांकेतिक सुरुवात मात्रै हो’, खाद्यान्न वितरणपश्चात उहाँले भन्नुभयो – ‘हामी चेपाङ जातिको उत्थानका लागि टस्ट नै स्थापना गरेर काम गर्छौं । राहत तत्कालको आवश्यकता पूर्ती मात्रै हो ।’
चेपाङ विधार्थीलाई छात्रवृत्ति नयाँ वर्षको पहिलो दिन उहाँले पुल नहुँदा ट्युबमार्फत त्रिशुली नदी तरेर पढ्न जानुपर्ने वाध्यतामा रहेका चेपाङका विद्यार्थीलाई आवाशीय शिक्षाका लागि छात्रवृत्ति रकम प्रदान गर्नुभयो । 
उहाँले प्रतिविद्यार्थी मासिक २ हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो । आवाशीय शिक्षाका बारेमा यसअघि नै भट्टराईले चेपाङ समुदायसँग छलफल गर्नुभएको थियो र छात्रवृत्तिको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
हिंक्लुङ्गघाटमा झोलुङ्गे पुल नबन्दासम्मको लागि आवाशीय शिक्षाका लागि उहाँले उक्त छात्रवृत्ति रकम उपलब्ध गराउने बताउनुभएको छ । 
साथै यथाशीघ्र झोलुङ्गे पुल निर्माणका लागि आफूले पहल गर्ने पनि उहाँले बताउनुभएको छ ।
उहाँले मंगलबार नै गोरखा निर्वाचन क्षेत्र नं. १ लाई नमूना निर्वाचन क्षेत्र बनाउने अवधारणापत्र पनि सार्वजनिक गर्नुभएको थियो ।

0 comments for "भोकमरीमा परेका चेपाङलाई डा. भट्टराईको सहयोग"

Leave a reply

    Popular Posts

    Blog Archive