Published On:Tuesday, April 14, 2015
Posted by dadad
ओलीले निम्त्याए धादिङ खाल्टेका बाहुन बाजा
२ वैशाख, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार निजी निवास बालकोटमा नयाँ वर्ष २०७२ को पहिलो दिन झापा आन्दोलन र आफूले राजनीति सुरु गर्दाका सहयात्री निम्त्याएर भव्य कार्यक्रम आयोजना गरे ।
वर्ष २०७१ को अन्तिम दिन सोमबार अपराह्न उनी संविधानका विवादित विषयमा छलफल गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको शीर्ष नेताहरुको बैठक छाडेर धरहरा चढ्न गए । नयाँ वर्षजस्तै गत फागुन १० मा निजी निवास बालकोटमा ओलीले ६४ औं जन्मदिन भव्य रुपमा मनाएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
कार्यक्रम राजनीतिक सन्दर्भसंगमात्र जोडिएन । धादिङको खाल्टे गाविसबाट निम्त्याइएका बाहुनहरुको एक टोलीले नौमति बाजा र भक्तपुरको टोलीले धीमे बाजा बजाएर साङगीतिक माहौल सिर्जना गरेका थिए । बालकोटस्थित दुवै घरमा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तलन गरे । '
जन्मदिनमा जस्तै नयाँ वर्षमा पनि एमालेसहितका विभिन्न पार्टीका नेता, पेशाकर्मीको बाक्लो उपस्थिति रह्यो, बालकोटमा ।