Published On:Tuesday, April 14, 2015
Posted by dadad
आईपीएलमा दैनिक करोडको बाजी
२ वैशाख, वीरगन्ज। भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ । आइपीएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्रै देनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
गत बुधबार उद्घाटन खेलमै कोलकाता नाइट राइडर्सका पक्षमा दुई लाख रुपैयाँ बाजी थापेका आदर्शनगरका अमित अग्रवाल (नाम परिवर्तन)ले तीन ३ लाख ६० हजार रुपैयाँ जिते । उक्त खेलमा कोलकताले मुम्बइ इन्डियन्सलाई हराएपछि अग्रवालले बाजी जितेका थिए ।
यस्तो अवैध कारोबारका लागि वीरगन्जमा तीनजना दलाल सक्रिय रहेको स्रोतले बतायो । तीनजना दलाले जुवाकै लागि माईस्थान,लोहारपट्टी र आदर्शनगरमा गोप्य कार्यालय सञ्चालन गरेका छन् ।



