Published On:Wednesday, November 5, 2014
Posted by dadad

संवाद समिति सभापती र अमेरिकी राजदूतबीच संविधानको गन्थन

१९ कार्तिक, काठमाडौं ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीबीच संविधान निर्माणका विषयमा छलफल भएको छ ।

भट्टराई निवास सानेपामा बुधबार भएको भेटवार्तामा भट्टराईले संवाद समिति र प्रमुख राजनीतिक दलबीच विभिन्न चरणका छलफल जारी रहेको जानकारी गराए ।

संविधानका प्रमुख विवादित विषय राज्यको पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन र  न्याय प्रणाली जस्ता विषयमा कम्तीमा प्रमुख तीन दलबीच सहमति निर्माण गर्न आफू लागिपरेको सभापति भट्टराईले बताएको उनको नीजि सचिवालयले जनाएको छ ।

भेटवार्तामा राजदूत बोडीले अमेरिका नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासका पक्षमा रहेको उल्लेख गर्दै निर्धारित समयमै सबै दलको सहमतिमा नै संविधान निर्माण होस् भन्ने चाहेको बताएका थिए ।

0 comments for "संवाद समिति सभापती र अमेरिकी राजदूतबीच संविधानको गन्थन"

Leave a reply

    Popular Posts

    Blog Archive