Published On:Wednesday, November 5, 2014
Posted by dadad

श्रीलंकामा हुने अभ्यास खेलका लागि नेपाली खेलाडी छनौट

१९ कार्तिक, काठमाडौं । यही नोभेम्भर ७ देखि २५ सम्म श्रीलंकामा हुने विभिन्न अभ्यास खेलका लागि नेपाली खेलाडी छनौट भएका छन् ।

२०१५ को जनवरी १५ देखि २५ सम्म अन्तराष्ट्रिय क्रिकेट परिषदको आयोजनामा नामिबियामा हुने आईसीसी वल्र्ड क्रिकेट लीग डिभिजन २ क्रिकेट प्रतियोगितामा छनौट भएका खेलाडीहरु अभ्यास खेलमा सहभागी हुनेछन् । खेल अवधिभर नेपालले श्रीलंकासंग २ तीन दिवसीय, हङ्गकङ्गसंग ३ वटा ट्वान्टी क्रिकेट म्याच तथा १ एक दिवसीय क्रिकेट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

पारस खड्काको कप्तानी तथा ज्ञानेन्द्र मल्लको उप–कप्तानीमा छनौट भएकाको १५ सदस्यीय नेपाली टोलीमा अनिल कुमार मण्डल, करण के.सी., प्रदीप ऐरी, सुवास खकुरेल, शक्ति प्रसाद गौचन, वसन्त रेग्मी, भुवन कार्की, सोमपाल कामी, सागर पुन, अमृत भट्टराई, नरेश बुढाऐर    र राजेश पुलामी रहेका छन् । टीम म्यानेजरमा शैलेश कुमार चौधरी र प्रशिक्षकमा पुवुद बाथिया दशानायके रहेका छन् ।

0 comments for "श्रीलंकामा हुने अभ्यास खेलका लागि नेपाली खेलाडी छनौट"

Leave a reply

    Popular Posts

    Blog Archive