Published On:Friday, November 28, 2014
Posted by dadad
३० सेकेण्डमै मोबाइल चार्ज गर्न सकिने
सिंगापूरका वैज्ञानिकहरुले दुइ मिनेटमा पूरै चार्ज हुने मोबाइलको आविष्कार
गरेको चर्चा सेलाउन नपाउँदै इजरायलका वैज्ञानिकहरुले अर्को चमत्कार गरेका
छन् ।
इजरायली वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले केवल
३० सेकेण्डमा मोबाइलको ब्याट्री पूरै चार्ज हुनेछ ।
इजरायलको स्टोरडट नामक कम्पनीले निकै तिब्र गतिमा ब्याट्री रिचार्ज गर्ने चार्जिङ डिभाइसको नमूना सार्वजनिक गरेको छ ।
इजरायलको स्टोरडट नामक कम्पनीले निकै तिब्र गतिमा ब्याट्री रिचार्ज गर्ने चार्जिङ डिभाइसको नमूना सार्वजनिक गरेको छ ।
चामत्कारिक
क्षमता सहितको यो डिभाइसमा प्रयोग गरिएको खास प्रविधिको बारेमा खुलासा भने
गरिएको छैन र यसलाई नानो डटको नाम दिइएको छ । कम्पनीका अनुसार यो
प्रविधिले केवल मोबाइल चार्जका लागि मात्र नभै ल्यापटप लगायतका डिभाइसको
ब्याट्री चार्ज गर्न पनि सकिन्छ र केही मिनेटमै ल्यापटप पूरै चार्ज गर्न
सकिन्छ । त्यस्तै केही मिनेटमै कारको ब्याट्री समेत चार्ज गर्छ ।
तेलअबिबमा भएको माइक्रोसफ्टको थिंक नेक्स्ट सम्मेलनमा कम्पनीले यो
अत्याधुनिक चार्जिङ डिभाइसको नमूना सार्वजनिक गरेको छ । अहिले सार्वजनिक
गरिएको चार्जिङ डिभाइस सामसुङको ग्यालेक्सी फोरका लागि हो र अन्य
स्मार्टफोनका लागि समेत त्यस्तै चार्जरहरु बनाइने स्टोरडटले जनाएको छ ।
सार्वजनिक गरिएको नमूना चार्जर ल्यापटपको चार्जरकै आकारको छ र यसको आकार
सानो भन्दा सानोमा घटाउने गृहकार्य भैरहेको बताइएको छ । यो चार्जरको मूल्य
भने ३० डलरजति हुने बताइएको छ । सन् २०१६ को अन्त्यतिरबाट यो चार्जरको
व्यवसायिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
स्टोरडटले जैविक
सेमिकण्डक्टरको विकाश गरिरहेको छ जसलाई चार्जिङ समयलाई तिब्र बनाउनमा सहयोग
गर्छ र छोटो समयमै ब्याट्री चार्ज हुन्छ ।एजेन्सी


