Published On:Wednesday, February 11, 2015
Posted by Tekman Shakya

शैक्षिक सहकार्यका लागि पाँच करोड ८८ लाख रुपैयाँ सहयोग

२८ माघ, काठमाडौँ । नेपालमा आधुनिक प्राङ्गरिक खेतीको अध्यापन गराउन काठमाडौँ विश्वविद्यालय र दक्षिण कोरियाको चोनबुक राष्ट्रिय विश्वविद्यालयले आज शैक्षिक सहकार्य गरेका छन् ।

सहकार्यको उद्देश्य यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने रहको छ । 

आज राजधानीमा भएको कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले नेपालको हावापानी तथा जैविक विविधताका कारण प्राङ्गारिक खेतीको राम्रो सम्भावना रहेको हुँदा जनशक्ति अभिवृद्धि गर्ने बताए ।

उनले सहकार्यले दुबै देशको शैक्षिक तथा मैत्री सम्बन्धलाई जनस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँ विश्वविद्यालयका रजिष्टार भोला थापाले सो विश्वविद्यालयमा विद्यार्थी तथा समयको मागअनुसार नविनत्तम विषयको अध्यापन गराउने नीति अनुसार कोरियाको शैक्षिक संस्थासँग सहकार्य भएको बताए ।

चोनबुक राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक बायुङ टेक ओहले परियोजनाकाबारेमा जानकारी दिँदै सो विषयका लागि आवश्यक पर्ने प्रयोगशाला तथा प्रविधि उपलब्ध गराइने बताए ।

उनुभयो । परियोजना अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग समितिमार्फत रु पाँच करोड ८८ लाखको सहयोग उपलब्ध गराइने बताइएको छ । रासस

0 comments for "शैक्षिक सहकार्यका लागि पाँच करोड ८८ लाख रुपैयाँ सहयोग "

Leave a reply

    Popular Posts

    Blog Archive