Published On:Wednesday, February 11, 2015
Posted by Tekman Shakya

संविधानसभाको भोलिको बैठक राप्रपा नेपालद्धारा बहिष्कार

२८ माघ, काठमाडौं । भोलिका लागि बोलाइएको संविधानसभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ ।

संविधानसभाको प्रस्ताव निर्माण समितिले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षताको सम्बन्धमा प्रश्न बनाउन नपाउने भनेपछि त्यसको विरोध गर्र्दै आएको राप्रपा नेपालले संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

सिहंदरबारमा भएको पार्टीको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले चौथो ठूलो दलका रूपमा रहेको सैद्धान्तिक अवधारणालाई अवज्ञा गर्दै प्रश्नावलीमा प्रश्न नै समावेश नगर्ने प्रश्नावली समितिको कदम निरंकुश र अधिनायकवादी भएको निष्कर्षसमेत निकालेको छ । 

बैठकले सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायत विषयमा जनमत सङ्ग्रहद्वारा निर्णय हुनुपर्ने आफ्नो मागलाई बलात् उपेक्षा गर्ने जुनसुकै कारबाहीको भत्र्सना गर्ने निर्णय गरेको छ । 

आफ्नो माग प्रस्ताव निर्माण समितिद्वारा प्रस्तुत प्रश्नावलीमा सम्बोधन नगरिने यो प्रक्रिया जारी रहुन्जेलसम्म संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

0 comments for "संविधानसभाको भोलिको बैठक राप्रपा नेपालद्धारा बहिष्कार"

Leave a reply

    Popular Posts

    Blog Archive