Published On:Monday, February 23, 2015
Posted by Tekman Shakya
सुर्खेतका बाढि पीडितप्रति शेखरको चिन्ता
११ फागुन, सुर्खेत । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले सूर्खेतका बाढि पिडीतहरूका लागी राज्यले अहिले सम्म स्थायी बसोबासको प्रबन्ध गर्न नसकेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
काठमाडौं फर्के लगत्तै सरकार र पार्टीको ध्यानाकर्षण गराउँने उनको भनाई छ ।
सूर्खेतका बाढि पिडीतहरू बसोबास गरिरहेको अस्थाई शिविरको अवलोकन गर्दा उनिहरूको दयनीय अवस्था देखेर अत्यन्तै भावूक बनेका कोईरालाले बाढि पिडीतहरूको मुख्य समस्याको रूपमा रहेको स्थायी बसोबासको व्यवस्था गर्ने कार्यमा कूनै कसूर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।


