Published On:Thursday, February 12, 2015
Posted by Durga Acharya
संविधान जारी गर्न जुनसुकै त्याग गर्न तयार –प्रधानमन्त्री
२९ माघ, काठमाडौं ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहीबार नागरिक समाजका अगुवासँग कुरा गर्दै जस्तोसुकै त्याग गरेर भए पनि राजनीतिक दलहरुबीच संवादको वातावरण तयार पार्ने प्रधानमन्त्री कोईरालाले प्रतिबद्धता जनाए । वार्ता नै अहिलेको उत्तम विकल्प भएकाले सबै मुख्य राजनीतिक दलसँग वार्तामा बसेर गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आफूहरुले आग्रह गरेको भेटमा सहभागी निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोख्रेलले जानकारी दिए । संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्न भनेर संविधानसभा बैठक अनिश्चितकालको लागि स्थगित भएकै दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाबाट यस्तो प्रतिबद्धता आएको हो ।