Published On:Thursday, February 26, 2015
Posted by Unknown
लोकमानले खिल्ली उडाए अख्तियारको, मुख्यालयबाटै अन्माए छोरी
१५ फागुन, काठमाण्डौ- अख्तियार दुरुययोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले आफ्नो पदीय मर्यादा उलङ्घन गरेर अख्तियार मुख्यालयलाई आफ्नी छोरीको विवाह घर बनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित मुख्य कार्यालयमा बिहीबार उनले आफ्नी छोरीको विवाह गरेका हुन् । सरकारी कार्यालयलाई व्यक्तिगत प्रयोजनका लागि उपयोग गर्दै उनले विवाह कार्यक्रम आयोजना गरेका थिए ।
उनले अख्तियार प्रमुखको गरिमा र महत्व कुल्चँदै सुरक्षाकर्मी र केही कर्मचारीलाई समेत विवाहमा खटाएको बुझिएको छ । विवाह समारोहमा विहीवार विहानै सुरक्षाकर्मीहरु चटारोमा देखिन्थे भने केही कर्मचारीहरु विवाहको तारतम्य मिलाउन व्यस्त देखिन्थे ।
त्यहाँ कार्यरत कर्मचारीलाई अन्य गेटबाट प्रवेश गराएर मुख्य गेटबाट विवाहमा आएका जन्तीहरुलाई प्रवेशको व्यवस्था मिलाइएको अख्तियारका एक कर्मचारीले जानकारी दिए । त्यसका लागि अख्तियारको मूलद्वार नजिकैको गल्लीमा समेत कसैलाई प्रवेश गर्न दिइएको थिएन । सिभिल ड्रेसका प्रहरी र ट्राफिकहरु परिचालन गरिएको थियो ।
भ्रष्टाचार दुरुपयोग गर्नेलाई कारवाहीको राग अलापेर नथाक्ने तथा ठूला माछा समाउने भन्दै सुशासनको वकालत गर्ने कार्कीले पदीय मर्यादाको चरम सिमा नाघेर अख्तियार प्राङ्गणमै छोरी अन्माउने हर्कत गरेका छन् । उनले छोरी डा. आध्याश्री कार्कीको बिह अख्तियार मुख्यालयबाट गरेका हुन् । कार्कीको बिहे स्कटल्यान्ड पढेर आएका सुभाशिष थपलियासँग भएको हो ।
थपलिया परिवार बिहान १० बज्नु अगावै तीन वटा गाडीमा जन्ती लिएर अख्तियारको मूल गेट भित्र छिरेका थिए । सुरुमा एउटा बसमा पन्चै बाजासहितको टोली अख्तियारभित्र प्रवेश ग¥यो । लगत्तै एउटा पर्यटक नम्बर प्लेट भएको गाडीमा जन्ती पनि प्रवेश ग¥यो । पछाडि बग्गीमा सवार दुलहा थपलिया थिए ।