Published On:Thursday, February 12, 2015
Posted by Durga Acharya

चिया र बिस्कुट खादैं बैठकमा

२९ माघ, काठमाडौं ।
सभासदले ग्याँसको हाहाकारलाई मध्यनजर गर्दै संसदको सुशासन तथा अनुगमन समितिको बिहीबारको बैठकमा रोष प्रकट गरेका छन् । घरमा ग्याँस नभएको कारण आफुले चिया र बिस्कुट खाएर बैठकमा आएको काठमाण्डौं ९ बाट निर्वाचित कांग्रेस सभासद ध्यान गोविन्द रन्जितले बताए । “घरबाट बाहिर निस्कनासाथ मतदाताहरुले माननीय ज्यू ग्याँस कहिले आउँछ भनेर सोध्छन तर आफुसँग उनीहरुलाई दिने जवाफ छैन” रण्जितले समितिका सभापति शेरधन राई समक्ष गुनासो गरे । “सभासदहरुको घरमा चूल्हो बल्न छाडेपछि जनताको हालत के होला ? समितिको बैठकमा कांग्रेस सभासद प्रदिप गिरीले प्रश्न गरे । एमाले सभासद मोहनसिंह राठौरले ग्याँसको अभाव सिर्जना हुनुमा आपूर्ति मन्त्री सुनिल थापा समेत संलग्न रहेको आरोप लगाए । ग्याँसको हाहाकार र कालोबजारीको अनुगमन गर्न समितिले ढिला गर्नै नहुने धारणा सभासदहरुले राखेका थिए । सभासदहरुको गुनासोपछि समितिका सभापति शेरधन राईले ग्याँस अभाव गम्भिर चिन्ताको विषय भएकाले यसबारेमा चुप लाग्न नसकिने निष्कर्ष सुनाए । समितिले शुक्रवारै मन्त्री, सचिव र आयल निगमका अधिकारीलाई बोलाएर ग्याँसको अभाव हटाउन तुरुन्त प्रक्रिया थाल्न निर्देशन दिने निर्णय गरेको राईले बताए ।



0 comments for "चिया र बिस्कुट खादैं बैठकमा"

Leave a reply

    Popular Posts

    Blog Archive