Published On:Wednesday, March 11, 2015
Posted by Unknown
विश्वकपमा राम्रो खेलेको भन्दै बलात्कारको मुद्दा फिर्ता
२७ फागुन, ढाका,- बंगलादेशका क्रिकेटर रूबेल होसनले राम्रो क्रिकेट खेलेवापत बलात्कारको मुद्दामा राहत पाउने भएका छन्। उनकी पूर्व प्रेमिका अभिनेत्री नन्जिन अक्तर ह्यापीले विश्व कप क्रिकेटमा मंगलबार भएको बेलायत विरूद्ध खेलमा र होसनले राम्रो पदर्शन गरेकाले आफू बलात्कारको मुद्दा फिर्ता लिन लागेको बताएकी छन्।
यसै वर्षको सुरूवातमा उनले होसनले विवाह गर्ने वाचा गरेर शारीरिक सम्बन्ध राखेको भन्दै अदालतमा बलात्कार मुद्धा हालेकी थिइन्।
रूबेल राष्ट्रिय टिममा परेपछि अदालतले उनको मुद्दा विश्वकप नसकुञ्जेलसम्म स्थगित गरेको थियो।
ह्यापीले होसनले राष्ट्रका लागि राम्रो खेलिरहेकाले अब अदालतमा कुनै प्रमाण पेश नगर्ने बताएकी छन्।
रूबेलले बेलायत विरुद्धको खेलमा ५३ रन बनाएका थिए। बंगलादेश विश्वकप क्रिकेटको क्वाटरफाइनलमा पुग्नुमा रूबेलको रनको महत्वपूर्ण भूमिका रह्यो।
प्रायः बलात्कारका मुद्दामा निवेदनको नाम गोप्य राखिने भएपनि ह्यापी आफैले मिडियामा नाम सार्वजनिक गरेकी थिइन्। रूबेलले ह्यापीलाई बलात्कार गरेको आरोप अस्वीकार गरेका छन्। @setopati



