Published On:Sunday, March 8, 2015
Posted by Unknown

श्रीलंकालाई अस्ट्रेलियाले ६४ रनले हरायो


२४ फागुन, अस्ट्रेलिया,विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा आयोजक अस्ट्रेलियाले श्रीलंकलाई ६४ रनले हराएको छ।
घरेलु मैदान सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर अष्ट्रेलियाले ३७६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको श्रीलंकाले ४६.२ अोभर खेल्दै  ३ सय १२ रनमात्र बनाउन सक्यो।
अस्ट्रेलियाका लागि गेलेन म्यास्वेलले विस्फोटक ब्याटिङ गर्दै ५१ बलमा सतक पुरा गरेका थिए। १० चौका र ४ छक्का प्रहार गरेका उनले १०२ रन बनाएर आउट भए।
यस्तै स्टेभेन स्थ्मिथले ७२,माइकल क्लार्कले ६८ तथा सेन वाट्सनले ६७ रनको योगदान दिए। श्रीलंकाका लागि लासिथ मालिङ्गा र थिसारा परेराले २-२ विकेट लिए।

0 comments for "श्रीलंकालाई अस्ट्रेलियाले ६४ रनले हरायो"

Leave a reply

    Popular Posts

    Blog Archive