Published On:Sunday, March 8, 2015
Posted by Unknown

वैज्ञानिकले बनाए बोल्ने सिरानी, जसले दिलाउनेछ गर्लफ्रेण्डको याद (भिडियो सहित)



sirani-1
मस्त निद्राका लागि असल सिरानीको आवश्यकता पर्दछ । सिरानी खराब भयो भने निद्रामा गडबडी आउँछ । विछौना गद्दा भएर मात्र हुँदैन सिरानी आरामदायी चाहिन्छ । हुनत साहित्यमा समेत सिरानीलाई विभिन्न विम्बहरुमा प्रयोग गरिन्छ । प्रेममा बिछोडिएकाहरुले सिरानीलाई रातको साथी वा दुख साट्ने मित्रको रुपमा समेत लिन्छन् । तर जतिधेरै उपमा दिइएपनि वा आरामदायी भएपनि सिरानी निर्जिव हो, बोल्दैन र मानिसको वेदना बुझ्दैन ।
सायद यहीँ अपूरोपनालाई ध्यान दिएर होला जापानका एक वैज्ञानिकले बोल्ने सिरानीको आविष्कार गरेका छन् ।
जापानी वैज्ञानिक कोइची युचिमुराले इटा सुपो नामक सिरानीको निर्माण गरेका छन् जो बोल्न सक्छ । जब मानिसले यो सिरानीलाई सुम्सुम्याउँछ तब सिरानीले बोलेरै प्रतिक्रिया जनाउँछ ।
हफिन्टन पोष्टका अनुसार यो सिरानीको खोलमा कामुक युवतीको आकृति छ । उक्त आकृतिको वक्षस्थल तथा गुप्तांगको क्षेत्रमा दुइवटा सेन्सर राखिएको छ ।
sirani-2
जब मानिसले सिरानीमा रहेको युवतीको आकृतिको वक्षस्थलमा छुन्छ तब सिरानीले प्रेमपूर्वक आवाज निकाल्छ, ‘मैले अहिलेसम्म तिमीलाई गर्दै आएको माया भन्दा अझ धेरै माया गर्न के गरुँ ?’
जब उक्त युवती आकृतिको गुप्तांग क्षेत्रमा छुने प्रयास हुन्छ तब सिरानीले आवाज निकाल्छ, ‘ओइ, दुख्छ, त्यहाँ होइन ।’
वैज्ञानिक युचिमुराले आफ्नो यो अद्धितीय सिरानीलाई व्यवसायिकरण गर्नका लागि आर्थिक सहयोग जुटाइरहेका छन् । यो सिरानीको मूल्य १ सय ६७ डलर पर्ने बताइएको छ । यो सिरानी किन्न चाहनेहरुालई चेतावनी दिइएको हुन्छ, ‘तपाइँको अर्को सिरानीले इष्र्या गर्नसक्छ ।’
भिडियो

0 comments for "वैज्ञानिकले बनाए बोल्ने सिरानी, जसले दिलाउनेछ गर्लफ्रेण्डको याद (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive