Published On:Friday, October 24, 2014
Posted by dadad
कुबेतमा हाउसमेड सेल्टर तोडेर हिड्दै
दोहा (कतार), ५ कात्तिक । खाडीमा घरेलु महिला कामदार (हाउसमेड) उद्धारका लागि भन्दै नेपाली दुताबासको आश्रयमा पुग्छन् । तर, कुबेतमा भने ठीक उल्टो हुन थालेको छ । हाउसमेडहरु भने दुताबासले राखिदिएको सेल्टर छाडेर हिड्न थालेका छन् । कारण हो, दुताबास हाउसमेडलाई समयमा उद्धार गरेर स्वदेश पठाउन नसक्नु ।
असोज २८ तारिख पनि सेल्टरमा रहेका मध्ये २७ नेपाली महिलाहरु सेल्टर छाडेर हिडे । यसअघि पनि २६ जना सेल्टर छाडेर हिडे । ‘कुवेतमा दुई पैसा कमाउन आएको हो । महिनौ बितिसक्दा पनि हामीले न त साहुको घरमा काम गरे बापत पाउनु पर्ने पारिश्रमिक पाइयो न त नेपाल जान,’ ४४ वर्षीय एक महिलाले भनिन, ‘कति दिनसम्म बन्द घरमा बस्ने ?’
उनीहरु सेल्टर तोडेर नेपाली दुताबासको पार्किङ गएर रातभरी बसेका थिए । निस्कनेहरु प्राय अधिकांस एकमहिनाअघि कुबेतमा आइपुगेका थिए ।
दुताबासले कुबेतको कानुनी जटिलता देखाउदै समयमा उद्धार गर्न असम्भब रहेको जनाएको छ । कार्यबाहक राजदुत बिशाल भट्टराईका अनुसार १४ महिनासम्म सेल्टरमा बस्दा पनि महिलाहरु उद्धार गरेर स्वदेश पठाउन दुताबासलाई मुस्किल परेको छ ।
‘पीडित महिलालाई समयमा उद्धार गरेर र्फकन नसक्नुको परिणाम नै सेल्टर तोडेर बाहिर निस्किएका हुन्’, भट्टराईले कान्तिपुरलाई भने,’हामीले तुरन्तै उद्धार गरेर फर्काउन सकिन्दैन् । उद्धार गर्ने एउटा प्रक्रिया छ । त्यसको लागि समय कुर्नको बिकल्प अरु छैन् ।’
सेल्टरबाट बाहिर निस्केकाहरु गैरकानुनी हैसियतमा काम गर्न फर्केका छन् । केही महिला उद्धारको लागि प्रहरीकोमा गएपनि उनीहरुलाई दुताबासमै ल्याएर छोडिदिएका छन् ।
‘हामी नेपाल जान चाहन्छौ । जेलमा हालेर नेपाल पठाई देऊ भन्दा पनि पुलिसले दूताबस अगाडि ल्याएर छोडिदियो’, एक महिलाले भनिन । आजको कान्तिपुर दैनिकमा खबर छ ।


