Published On:Friday, October 24, 2014
Posted by dadad

स्पेनमा लक्ष्मी पूजा गरियो

spain-laxmi pooja

बार्सिलोना । झिलिमिली बत्तिको पर्वको रुपमा चिनिने तिहारको तेस्रो दिन स्पेनमा पनि पूजा आराधना गरी लक्ष्मी पूजा गरिएको छ। घर घरमा धनधान्य देवी लक्ष्मीको श्रद्धा र भक्तिपूर्वक पुजा आराधाना गरि मनाईएको हो ।

दिनभर काममा ब्यस्त भए  पनि स्पेनबासी नेपालीहरुले साँझपख पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा,  चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन्।

बिदेशमा रहे पनि  बिधिपूर्बक पुजा आराधाना गरे घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता राख्दै केहिदिन अगाडिबाट नै पूजाको तयारीको लागि उनीहरुले चाँजोपाँजो मिलाएका थिए। सात महिना अगाडि मात्र स्पेन आएकी  राम्जा देउराली गाबिस-८ पर्वतकी शोभा शर्माले बिदेशमा रहेर पनि लक्ष्मी पुजा गर्न पाउदा खुशी ब्यक्त गरेकी छन् । उनले भनिन् “पूजाको लागि सेल रोटी, मिठाई, फलफूल, पालामा दीप प्रज्वलन गरी , अबिरले लक्ष्मीको पाईला बनाउदै गरगहना,पैसा राखेर लक्ष्मीको पुजा गरियो ।”
करिब १० बर्ष देखी स्पेनमा बसोबास गर्दै आएकी तमु समाज स्पेनकि अध्यक्ष ज्योति गुरुङले यसपालि पनि परम्परा अनुसार नै  लक्ष्मी पुजा गरेको बताईन्। आफैले सेलरोटी तयार गरेर, तीनचार थरिको मिठाई बनाई  पसल र घरमा लक्ष्मीको पुजा सम्पन्न गरेको जानकारी दिईन् ।
copy @ onlinekhabar बसन्त रानाभाट 

0 comments for "स्पेनमा लक्ष्मी पूजा गरियो"

Leave a reply

    Popular Posts

    Blog Archive