Published On:Monday, October 27, 2014
Posted by Tekman Shakya
०७३ बैशाखमा मेलम्ची आउने सम्भावना क्षीण
काठमाडौं,कात्तिक ११ – मेलम्चीको पानी आगामी १ वैशाख ०७३ मा काठमाडौं ल्याउने सम्भावना क्षीण हुँदै गएको छ । परामर्शदाता कम्पनी पोरी इन्फ्रा एजीका टोलीनेता रोबर्ट स्मिथले निर्धारित समयमा मेलम्चीको पानी आइपुग्न मुस्किल देखिएको सहरी विकासमन्त्रीलाई जानकारी गराएका हुन् । सुरुङको निर्माणसम्बन्धी जानकारी लिन इटालीका विदेशराज्यमन्त्री बेनडेट्टो डेल्ला भेदोभासहित सोमबार सुन्दरीलज पुगेका मन्त्री डा. नारायण खड्कालाई परामर्शदाता कम्पनीले प्रगती विवरण प्रस्तुत गरेको हो ।
विवरणमा भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको उल्लेख छ । ‘दैनिक कम्तीमा ३८ मिटर सुरुङ खनिनु पर्नेमा बढीमा २० मिटर मात्र सुरुङ खनिएकाले निर्धारित समयमा मेलम्चीको पानी काठमाडौं आइपुग्न मुस्किल देखिएको छ’ एन्फ्रा एजीका स्मिथले भने ।
तर मन्त्री डा. नारायण खड्काले सुरुङको काममा अहिले देखिएका भौगर्भिक,प्राविधिक र प्रशासनिक समस्या हल गरेर समयमै पानी ल्याइपुर्याउने प्रयास अझै जारी रहेको बताए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । -


