Published On:Friday, October 24, 2014
Posted by dadad

मौलिकता गुमाउंदै दशैं र तिहार

tihar

दशैँ र तिहारको मौसम आरम्भ भए एता नेपालका चल्तिमा रहेका छापा समाचार, दृश्यमाध्यम र रेडियो माध्यमबाट चर्को स्वरमा ‘विजयादशमी र दिपावलीको’ शुभकामना छापिने र बज्ने लर्को नै चलेको छ ।  विजयादशमी र दिपावली भारतमा धुमधामसंग मनाइन्छ भने नेपालमा दशैँ र तिहार । नेपालमा दशैँ-तिहार भन्नाले ‘टीका थाप्ने र लगाइदिने’ पर्वका बुझिन्छ। भारतीयहरूले विजयादशमीका अवसरमा टीका ग्रहण गर्दैनन् ।भाईतिहारका दिन भारतमा पनि दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने चलन रहे तापनि लक्ष्मीपूजा अर्थात् औंशीको दीपावलीलाई बढी महत्वका साथ मनाइन्छ | 


हामी नेपालीहरू यम पंचकका पाँचै दिन तिहार मान्ने गर्छौं ।भारतमा केवल  दिपावली र भाईदूजमा धुमधाम हुन्छ । यसरी दशैँ र तिहार हामी नेपालीहरूको मौलिक चाड हो । यसको अर्थ दिपावली र विजयादशमी नेपालीहरूको चाड होइन भन्ने छैन ।खासगरी पहाडी मूलका नेपालीहरूले विजयादशमी र लक्ष्मीपूजा अर्थात् ‘दियो बाल्ने औशी’ अलि कम महत्व दिन्छन् भनेको मात्रै हो । एकातिर नेपालका मौलिक चाडहरूको स्वरूप क्रमशः बदलिदैं छन् भने अर्कोतिर सरकारको बक्रदृष्टिका कारण हाम्रा मौलिकताहरू मेटिने क्रममा छन् । नेपालका गृहमन्त्री मन्त्रीले चाडवाड मनाउन पनि समयसीमा तोकेका छन् । अव नेपालीहरूले आफ्ना मौलिक चाडवाड पनि निर्धक्कसंग मनाउन नपाउने भए ।देउसीभैलो बेलुकी सात बजेभन्दा पछि खेल्न नपाइने भनेर उर्दी आयो । जनताले विरोध गरेपछि ९ बजेसम्मका लागि समय बढाइयो । सरकारमा बसेका धर्मनिरपेक्षवादीले देउसीभैलो खेल्नेहरूलाई अघोषितरूपमा चरम आतंकवादीको रूपमा पहिचान गर्यो । 

सरकारका लागि ९ बजेपछि देउसीभैलो खेल्नेहरू अवान्छितवर्ग हुन् । औंसीपछिका तीनरात रातभरी परापूर्वकालदेखि नै खेलिंदै आएको देउसीभैलो खेल्न सरकार आफैले रोक लगायो ।विनाश काले विपरित बुद्धी । के देउसीभैलो खेल्नेहरू इस्लामिक स्टेटका आतंककारी हुन सक्छन् ? शान्तिसुरक्षाको प्रत्याभूति दिएर सरकारी तवरमै खेलिनु पर्ने देउसीभैलोमा रोक लगाएर सरकारले अक्ष्यम्य काम गरेको छ । धेरै नेपालीहरूले धर्मपरिवर्तनको भूमरीमा परेर आफ्नो मौलिक संस्कृति गुमाइरहेका अवस्थामा, देउसीभैलोको समयसीमा तोकेर धर्मपरिवर्तनकारीहरूको उत्साह वर्धन गरेको छ । तिहारको पहिलो दिन कागको पूजा हुन्छ । कागलाई नेपाली समाजले हुलाकी वा खवरदारी गर्ने खबरेका रुपमा लिन्छन् । संस्कृतमा कौवाले कस्तो बोल्दा के अर्थ लाग्छ भन्ने वारेमा एउटा किताव नै लेखिएको छ । पक्षीको बोलीका वारेमा लेखिएको यो संसार मै पहिलो प्राचीन किताव हो । दोस्रो दिन, कुकुरको पूजा हुन्छ किनभने कुकुर मानिसको सबैभन्दा वफादार जनवार हो । पूजाको प्रसंग भने पन्चपाण्डवहरूको स्वर्गयात्रासंग जोडिएको छ ।तेस्रो दिन लक्ष्मीको पूजा गरिन्छ भने चौथो दिन गाईको । गाई नेपालीहरूको राष्ट्रिय जनावरमात्र नभई हिन्दूहरूको पूज्य र पवित्र पशु पनि हो। | 

हामीले हिन्दू संस्कृतिको रक्षा गर्न हरेक घरमा गाईको गोवरले बनाएको गोवर्धन थापेर गाईपूजा गर्छौं । नेपालजस्तो कृषि प्रधान मूलुकमा ‘कृषि’मा गाईका गोवरको महत्व यसले उजागर गर्छ। सरकारले गाई पूजालाई महत्व दिनुपर्छ। खेतहरू विषादीको प्रयोगले जर्जर बनिरहेको अवस्थामा प्रांगारिक कृषितिर जनतालाई आकर्षित गर्न गोवर्धनपूजाले एउटा आन्दोलनको रुप लिन सक्छ । तर क्रिश्चियनदाताहरूबाट डलर कमिशन खाने पल्लेका नीतिनिर्माताहरूले आफ्नो संस्कृतिमा रहेको यो महान् क्रान्तिकारी अवधारणालाई प्रवर्धन गर्लान् भन्ने लाग्दैन | हामी नेपालीहरूले गोवर्धनपूजालाई गाईको रक्षा गर्ने र कृषिक्षेत्रमा विषादिको ठाउँमा गोवरप्रयोग गर्ने आन्दोलनका रूपमा संकल्प गर्नुपर्छ । हामीले गाईको पूजा गरेर गोवरलाई आफ्नो कृषिकार्यमा प्रयोग गर्ने संकल्प लिनुपर्छ। नेपालीजनतालाई तिहारको आवासमा दिने यो सबैभन्दा ठूलो सांस्कृतिक उपहार हुनेछ । विदेशीहरूको स्तुतिगान गर्नेहरूलाई स्वदेशी र स्वसंस्कृतिप्रतिको हाम्रो सजगता र संकल्प एउटा दरो संकल्प हुनेछ।थप्पड हुनेछ। | गोवर्धनपूजाको प्रसंग भगवान श्रीकृष्णसंग जोडिएको छ । वसुदेवका छोरा कृष्णलाई गोकुलका कृषक नन्दले हुर्काएका थिए।त्यसताका कृषिका लागि इन्द्रको पूजा गर्ने परम्परा थियो । वासुदेव कृष्णले अदृश्य इन्द्रको पूजा गर्नुभन्दा गाईवस्तुलाई घासपात दिने ‘गोवर्धन’को पूजा गर्न पिता नन्दलाई आग्रह गरे।कृष्णले कृषिका लागि इन्द्र-पूजाको विद्रोह गरे। गोवर्धनको अर्थ गाईहरूको बृधि हुन्छ । यस अर्थमा कृष्णले पूजा गरेको पहाडको संवन्ध घाँसपातसंग जोडिएको हो। असलमा, गौवंशको उचित हेरचाहले कृषिको विकास हुन्छ भन्ने मूल चेतना हामीले गोवर्धनको पूजाबाट ग्रहण गर्नुपर्छ |

 नेपालका ७२% जनता आज पनि कृषिमा निर्भर छन् | कृषिको निर्भरताले हाम्रो सांस्कृतिक र सामाजिक जीवनमा गाई-भैसीजस्ता पशुहरूको महत्व हुनु अस्वाभाविक ठहरिन्न । सरकार र सरकारी तन्त्रमा बसेकाहरूले कृषिमा क्रान्ति ल्याउन सक्ने यस्ता चाडवाडलाई ‘कृषि-क्रान्ति’मा प्रयोग गर्न नसक्नु मै खोट छ । समस्या, विदेशीको अनुदान प्राप्त नभई कृषिक्षेत्रमा माखो मार्न नहुने मान्यता भएका नेतृत्वहरूसंग छ | यसैलाई ‘माल पाएर पनि चाल’ नपाएको भन्नुपर्छ । होइन भने ‘चाल पाएर पनि बुझ पचाएको’ मान्नुपर्छ । गाईतिहारको दिन आफ्नो घरमा गाई पूज्ने, गोवर्धन पूज्ने, गाईको खुट्टा मुनिबाट छिरेर मुक्ति पक्का गर्ने तर कार्यालयमा फर्के पछि यस्तो महत्वपूर्ण विषयलाई नजरअन्दाज गर्ने बेइमान कर्मचारी र राजनीतिक नेतृत्वसंग जोडिएको छ। गोवर्धनको नेपाली अर्थ र प्रयोग केलाउने हो भने ‘गोवर जोड्नु’ हुन्छ । गोवर जोड्नु भनेको कृषिमा प्रयोग गर्नु हो | गाउँगाउँमा गोवर बोकिन्छ | गोवर पूजाको अर्थ गोवरमा उत्पादन बढाउने क्षमतामा सम्मान व्यक्त गर्नु हो। गोवरले उत्पादन बढाएर हाम्रो भोको पेट भर्न मदत गर्छ | त्यैसले हामी वर्षमा एक पटक भए पनि गोवरलाई धन्यवाद दिन्छौं । ग्वाला कृष्णले यही संदेश दिएको हुनुपर्छ | नेपालका सुदूरपश्चिममा सरकारले अनुदानमा अन्न दिन्छ ।अनुदानको धेरैजसो अन्न ‘रक्सी’ बनेर बोतलमा भरिन्छ । सुदूरपश्चिम पश्चिमेलीहरूलाई जड्याहा र परजिवी बनाउनुमा सरकार दोषी छ । अन्न दिनुको सट्टा गाईभैसी अनुदान दिने ब्यबस्था गर्नु उचित देखिन्छ। यसो गरे रक्सीको ठाउँ दूधले लिन्छ । गोवरले उत्पादन बढ्छ । राम्रो गाई अनुदानमा दिंदा आफ्नो संस्कृतिको रक्षा पनि हुन्छ ।  गाई धार्मिक आस्थाको विषय भएको कारण पनि अपहेलित हुने सम्भावना न्यून हुन्छ । यसरी गोवर्धन हुनेछ | हामी हाम्रा मौलिक चाडवाड र मान्यताहरूलाई आन्दोलन बनाउन सक्दैनौं । विदेशीअनुदानसंग भित्रिने हीनताबोधले हाम्रो स्वाभिमान मार्छ ।अस्तिमात्रै हामीले ‘विश्व हात धुने दिवस’ मनायौं | हात धुनु स्वास्थ्यको लागि राम्रो कुरा हो। तर विदेशीले अनुदान दिने पक्का भएपछि हामीले यो कुरामा हल्लाखल्ला गर्न थाल्यौं । हामीले आफ्नो मौलिक संस्कृतिमा ‘दीसा गरेपछि सफा माटो वा खरानीले एक्काइस पटक हात धुनुपर्छ’ भन्ने आफ्नै सांस्कृतिक मान्यतालाई प्रवर्धन गर्न सकेनौं | आज पनि एउटा कर्मकाण्डी पण्डितले दीसा गरेपछि एक्काइस पटक हात धुन्छन् | 

पिसाव गरेपछि पांच पटक हात धुन्छन्भै।सी, बाख्रा र गाईको मुख छोएपछि सात-सात पटक खरानीले हात धुने हाम्रा बीच अझै छन् । हामीले हात धुने कुरालाई कर्मकाण्डको विषय ठानेर उपेक्षा गर्यौं। हाम्रा पूर्खाले ‘दीसा गरेपछि एक्काइस पटक हात धुनु’ भनेर सिकाउँदा पश्चिमाहरू जंगलमा नांगै बस्थे |  हाम्रो उत्पादनलाई तिनले हाम्रो जनशक्तिमा बेचे | विश्वहात धुने दिवसका नाममा तिनले सावुनको व्यापार गरिरहेका छन् । सफाईमा सावुन भन्दा दशगुणा महत्वपूर्ण र सित्तैमा घरघर पाइने ‘खरानी’ उपेक्षित बन्यो | यो कुरा कार्यान्वय गर्न सक्ने ओहदामा बसेकाहरूको बुद्धि डलरले तान्छ, आफ्नो संस्कृतिमा रहेका असल कुराले होइन | हामी सर्वसाधारणसंग लेख्ने र बोल्ने बाहेक अरू कुनै बिकल्प छैन । साधारण हुनुको पीडा पनि यही हो। गोवर्धनपूजालाई नेपालको कृषिक्रान्तिसंग जोड्न समस्या छ भने ती हाम्रा शासक र नेता हुन्। यी दुवै वर्ग ‘कमिसन र डलर’ नभई पाइलो सार्दैनन् । चौथी दिन औसीका दिन हामीले गाई र लक्ष्मी दूबै पुज्छौँ । शहरी भेकमा भारतीय प्रभावले दिपावली हुन्छ । ग्रामीणक्षेत्रमा साँझमा बत्ति बालेर यो मानिन्छ | जुवाको कू-प्रथा पनि यसैसँग जोडिएको छ ।पाँचौं दिन, हामी नेपालीहरू भाईतिहार मान्छौं | 

पहाडी भेकमा भाइतिहारलाई भारतीय र मधेशी भेकमा राखीझैँ महत्वका रूपमा मनाइन्छ । दिदीबहिनीले दाजूभाईको निधारमा सप्तरंगी टीको लगाएर आशिर्वाद दिन्छन् । मधेश र भारतमा राखी र पहाडी भेकमा भाईतिहार । हामी नेपालीहरूका लागि तिहार भनेकै   भाई-तिहार हो । यसरी हामी नेपालीहरूले मनाउने दशैँ र तिहार हाम्रा आफ्ना मौलिक चाडवाड हुन् । डा. निर्मल अधिकारीले पनि यो कुरा बोलेका छन् भने मुकुन्दशरणले पनि यी मौलिकतामा लेखेका छन् । हामी सबै नेपाली मिलेर दशैतिहार मनाओं भने विजयादशमी र दिपावलीको शुभकामना पनि प्रदान गरौँ | आफ्नो धर्म र संस्कृतिप्रति गर्व गरौँ। बाटो विर्सेर आफ्नो धर्म त्यागेकाहरूलाई आफ्नो मौलिकताप्रति जानकारी दिन कन्ज्युसै नगरौं। सकिन्छ भने नवदीक्षित इसाईहरूलाई समेत तिहारको टीका ग्रहण गर्न आमन्त्रित गरौँ । बाइबलले दशैँ वा तिहार मान्न रोक लगाएको छैन ।इसाईहरूले दशैतिहार मनाउनु भनेको नेपालको मौलिक संस्कृतिप्रति आस्था व्यक्त गर्नु हो । यसले तिनको समाजमा सम्मान बढ्ने छ | मुस्लिमहरूका वारेमा पनि मेरो यही राय छ | सबैलाई तिहारको शुभकामना । - copyed @ratopati

0 comments for "मौलिकता गुमाउंदै दशैं र तिहार"

Leave a reply

    Popular Posts

    Blog Archive