Published On:Wednesday, December 10, 2014
Posted by Unknown
"साया" 'समर लभ'को हत्यारा !
मनिष दुवाडी,
धादिङबेशी
‘समर लभ’ उपन्यास लेखेर युवाहरुमाझ निकै चर्चित भएका युवा लेखक सुविन भट्टराइले ‘समर लभ’को सिक्वेल लेख्दैछन भनेर एक वर्ष अगाडीदेखि नै सामाजिक सञ्जालहरुमा हल्ला हुदै आएको थियो । ‘समर लभ’ पढेपछि यसको सिक्वेल नआओस भन्ने चाहेको थिए मैले किनभने मलाइ ‘समर लभ’को दुःखद अन्त्य मन परेको थियो । ‘समर लभ’ पढेर केही त्यस्ता प्रश्नहरु मनमा आएको थियो जसको उत्तर नपाएरै मेरो मन आनन्दित भइरहेको थियो ।
तर ‘समर लभ’को सिक्वेल ‘साया’ को विमोचन हुदैछ भन्ने सुनेर अचम्मित भए किनकी मैले यसभन्दा अगाडी ‘साया’ वारे केही जानकारी पाएको थिइन । विमोचन समारोहमा उपस्थित हुन सायोको निम्तो सहित एउटा राष्ट्रिय दैनिकमा कितावको कभर पेजको डिजाइन पनि छापिएपछि मलाइ पनि पढ्न मन लाग्यो ।
किताव विमोचन हुनु एक दिन अघि नै धादिङ स्टेशनरीमा किताव पनि आइपुग्यो तर आफ्नो अगाडी किताव हुदा पनि किन्न पाइन । किताव विमोचन हुनु अगाडी व्यवसायिक रुपमा कितावको विक्री वितरण गर्न नपाउने व्यवसायिक धर्मका कारण कितावको बाहिरी आवरण हेरेर त्यो दिन फर्के । किताव विमोचनको भोलीपल्ट एक राष्ट्रिय दैनिकमा विमोचन समारोहमा उपस्थितिको सङ्ख्या हेर्दा पनि म अचम्मित भए त्यसो त विमोचन समारोहको भिडियो फुटेज सामाजिक सञ्जालहरुमा पनि आइसकेको थियो ।
मैले पनि किताव पढे । किताव पढ्न सुरु गरेपछि उपन्यासका पात्रहरुवीचको अनेक सम्वाद, व्यङग्य, भावुकता र मायाप्रेमको शव्दले गर्दा छुटटै मजा आयो तर मैले ‘समर लभ’ पढेर जे चाहेको थिइन त्यसको सवै उत्तर ‘साया’मा भेटेपछि मन खिन्न भयो । एक हिसावले भन्ने हो भने मेरो लागि ‘साया’ समर लभको हत्यारा बनेर आयो ।
‘समर लभ’को अत्याधिक चर्चा भएपछि सुविन भट्टराइले फेसवुक पेजमा ‘समर लभ’को सिक्वेल लेखु कि नलेखु भनेर स्टाटस राखेका थिए । त्यहा मेरो कमेन्ट थियो – “नलेख्नु, किनकी सिक्वेल आयो भने ‘समर लभ’ मर्छ ।” ठीक त्यस्तै लाग्यो मलाइ मलाइ ‘साया’ पढेपछि ।
‘समर लभ’ र ‘साया’ दुवैलाइ एकै साथ जोडेर तुलना गर्ने हो भने हिजोआज बन्ने गरेको नेपाली फिल्मसंग ठ्याक्कै मेल खान्छ । नेपाली फिल्मको कथा जुन कोणवाट लेखेपनि पनि सुरुमा हिरो हिरोइन देखा पर्दछ, उनीहरु एउटै कलेजमा पढ्छन, लभ पर्छ तर उनीहरुवीचको प्रेम परिवारलाइ स्वीकार्य हुदैन । अनि उनीहरु
भागेर विहे गर्छन यसवीचमा हिरो हिराइनलाइ खलनायकले पनि दुःख दिन्छ । अन्त्यमा हिरोले खलनायक पनि पाखा लगाउछ । वाउआमाको मन पनि फर्किएर उनीहरुको प्रेम स्वीकार गर्दछन । सवै मिल्छन अनि फिल्म सकिन्छ । ठ्याक्यै यस्तो कथा बन्यो ‘समर लभ’ र ‘साया’ जोड्दा । फरक यत्ति छ की फिल्ममा हिरोइन भागेर विहे गरेपछि साहै दुख पाएको देखाउछ कितावले चाही अतीत र साया नर्वेमा पढ्न वहानामा मोजमस्ती गरेको देखाएको छ । अनि लेखकले कितावमा सुरुमा सुस्मिता र सुजनलाइ भिलेनको रुपमा ल्याएपनि सुखद अत्यको लागि उनीहरुको अस्तित्व नै समाप्त पारेका छन ।तर ‘समर लभ’को सिक्वेल ‘साया’ को विमोचन हुदैछ भन्ने सुनेर अचम्मित भए किनकी मैले यसभन्दा अगाडी ‘साया’ वारे केही जानकारी पाएको थिइन । विमोचन समारोहमा उपस्थित हुन सायोको निम्तो सहित एउटा राष्ट्रिय दैनिकमा कितावको कभर पेजको डिजाइन पनि छापिएपछि मलाइ पनि पढ्न मन लाग्यो ।
किताव विमोचन हुनु एक दिन अघि नै धादिङ स्टेशनरीमा किताव पनि आइपुग्यो तर आफ्नो अगाडी किताव हुदा पनि किन्न पाइन । किताव विमोचन हुनु अगाडी व्यवसायिक रुपमा कितावको विक्री वितरण गर्न नपाउने व्यवसायिक धर्मका कारण कितावको बाहिरी आवरण हेरेर त्यो दिन फर्के । किताव विमोचनको भोलीपल्ट एक राष्ट्रिय दैनिकमा विमोचन समारोहमा उपस्थितिको सङ्ख्या हेर्दा पनि म अचम्मित भए त्यसो त विमोचन समारोहको भिडियो फुटेज सामाजिक सञ्जालहरुमा पनि आइसकेको थियो ।
मैले पनि किताव पढे । किताव पढ्न सुरु गरेपछि उपन्यासका पात्रहरुवीचको अनेक सम्वाद, व्यङग्य, भावुकता र मायाप्रेमको शव्दले गर्दा छुटटै मजा आयो तर मैले ‘समर लभ’ पढेर जे चाहेको थिइन त्यसको सवै उत्तर ‘साया’मा भेटेपछि मन खिन्न भयो । एक हिसावले भन्ने हो भने मेरो लागि ‘साया’ समर लभको हत्यारा बनेर आयो ।
‘समर लभ’को अत्याधिक चर्चा भएपछि सुविन भट्टराइले फेसवुक पेजमा ‘समर लभ’को सिक्वेल लेखु कि नलेखु भनेर स्टाटस राखेका थिए । त्यहा मेरो कमेन्ट थियो – “नलेख्नु, किनकी सिक्वेल आयो भने ‘समर लभ’ मर्छ ।” ठीक त्यस्तै लाग्यो मलाइ मलाइ ‘साया’ पढेपछि ।
‘समर लभ’ र ‘साया’ दुवैलाइ एकै साथ जोडेर तुलना गर्ने हो भने हिजोआज बन्ने गरेको नेपाली फिल्मसंग ठ्याक्कै मेल खान्छ । नेपाली फिल्मको कथा जुन कोणवाट लेखेपनि पनि सुरुमा हिरो हिरोइन देखा पर्दछ, उनीहरु एउटै कलेजमा पढ्छन, लभ पर्छ तर उनीहरुवीचको प्रेम परिवारलाइ स्वीकार्य हुदैन । अनि उनीहरु
एक हिसावले भन्ने हो भने साया किताव कुनै प्रेम जोडी पार्कमा वसेर माया प्रेमको कुरा गरेरै जिन्दगी काटिरहेको बेला उनीहरुको वार्तालापलाइ अर्को व्यक्ति (सुविन भट्टराइ) ले केही आफ्ना तर्क र भावनाहर समावेश गरेर कलात्मक शव्दहरुरु भरी युवाहरुको मन आकर्षित हुने तरिकाले निकै मिहनतका साथ किताबको रुप दिएको जस्तो लाग्छ ।
हुन त ‘साया’ उपन्यास प्रेम गर्ने सवैलाइ समर्पित गरिएको छ र कितावको पछाडीको कभरमा पनि प्रेम गर्ने सवैले उपन्यास भित्र आफैलाइ पाउछन भनिएको छ तर सायामा न मैले आफुलाइ पाए न उनलाइ । पाए त केवल, मनोरन्जन ।

.jpg)