Published On:Monday, December 15, 2014
Posted by Unknown
आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा
काठमाडौं, विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा परेको छ । नेपालमा औषतमा दैनिक १३ नेपालीले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । जनसंख्याको अनुपातमा सवैभन्दा धेरै आत्महत्याका घटना गुएनामा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।
त्यसपछि उत्तर कोरिया, दक्षिण कोरिया, श्रीलंका, लिथुआनिया, सुरिनाम, मोजाम्बिक, नेपाल र तान्जानिया छन् । नेपालमा आत्महत्याका घटना बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षयता आत्महत्याका घटना ५० प्रतिशतले वृद्धि भएका छन् ।


