Published On:Tuesday, December 16, 2014
Posted by dadad
पाँच प्रतिशतले धान उत्पादन घट्ने
२ पुस,काठमाडौं । सरकारले चालू वर्ष अधिकांश खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरेको छ ।
कृषि विकास मन्त्रालयले चालू वर्ष गहुँबाहेक अन्य बालीको उत्पादन घट्ने अनुमान सार्वजनिक गरेको हो ।
यो वर्ष मुख्य खाद्यान्नको रुपमा रहेको धानको उत्पादन ५.१ प्रतिशतले घट्ने अनुमान मन्त्रालयले गरेको छ ।
ढिला मनसुनका कारण समयमा रोपाइँ हुन जमिन बाँझो भएको तथा बाढीपहिरोका कारण खेतीजन्य जग्गा र लगाइएको धानखेतीमा क्षति पुगेकाले धानको उत्पादन गत आर्थिक वर्षको तुलनामा दुई लाख ५८ हजार टन हुने प्रारम्भिक अनुमान छ ।
कारोबार दैनिकमा खबर छ। गहुँको उत्पादनमा भने मन्त्रालयले केही बोलेको छैन । यो गहुँ लगाउने सिजन हो ।
मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी यो वर्ष मुलुकभर करिब ४७ लाख ८८ हजार टन धान उत्पादन हुने प्रारम्भिक अनुमान रहेको जनाएको हो ।
गत वर्ष भने अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भई ५० लाख ४७ हजार टन धान उत्पादन भएको थियो ।



