Published On:Sunday, December 21, 2014
Posted by Unknown

धादिङमा मेलाको तयारी पुरा, पुर्व प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

धादिङ – पौष–६ घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन, आर्थीक संमृद्धी हाम्रो अभियान भन्ने मुल नााराको साथ आयोजित मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौंथो धादिङ महोत्सवको तयारी पुरा भएको आयोजक सस्था धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
पुष ७ गतेदेखि १७ गतेसम्म  धादिङबेसी रायटारमा हुने महोत्सवको पुर्व प्रधानमन्त्री एवं नेपाली काग्रंसका वरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको धादिङ उद्योग वाणिज्यका अध्यक्ष एवं मेलाका संयोजक चन्द्रकान्त अधिकारीले जानकारी दिए । मेलाको उद्घाटन पुर्व धादिङबेशीका विभिन्न ठाऊहरुबाट  झाँकी सहितको ¥याली समेत निकालिने बताईएको छ । मेलामा कृषी सामाग्री, विभिन्न वनमा रहेका वन्यजन्तुको प्रर्दशनी,हस्तकलाका सामाग्री, जनचेतनामुलक चलचित्र प्रर्दशनी,बाल उध्यान लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक कार्यक्रम रहने छ । मेला प्रवेशको लागि साधारण टिकट मुल्य रु ५० र सहयुलियत टिकट मुल्य रु  ३० कायम गरिएको छ ।  
मेलाको घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वर काठमाण्डौ, जिल्ला विकास समिति धादिङ र निलकण्ठ नगरपालिका सह–आयोजक रहेका छन् ।

0 comments for " धादिङमा मेलाको तयारी पुरा, पुर्व प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने "

Leave a reply

    Popular Posts

    Blog Archive