Published On:Tuesday, December 16, 2014
Posted by dadad
ईपीएस २०१५ का लागि ५५ हजार कोटा
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१५ का लागि ५५ हजार कोटा निर्धारण गरेको छ,जसमध्ये २ हजार कोटा कामदारको माग बढी भएमा ल्याइनेछ ।
माग नआए ५३ हजार मात्र ल्याइनेछ । आप्रवासी मजदुर कार्यान्वयन समितिले मंगलबार यस्तो निर्णय गरेको हो ।
ईपीयस भाषा परीक्षा पास गरी श्रम सम्झौताको प्रतिक्षामा रहेका नेपाली कामदारका लागि आउँदो ननवरीबाट श्रम सम्झौता आउनेछ ।
साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न सरकारले ५५ हजार आप्रवासी कामदारका लागि कोटा तय गरेको मन्त्रालयले जनाएको छ । तय गरिएको कोटामध्ये ४५ हजार नयाँका लागि र १० हजार पुनः प्रवेश गर्नेका लागि छ ।
तीमध्ये उत्पादनमूलक क्षेत्रमा ४२ हजार ४ सय ,कृषि क्षेत्रमा ६ हजार ,निर्माण क्षेत्रमा २३ सय,मत्स्यपालनमा २२ सय र सेवा क्षेत्रमा १ सय कोटा तोकिएको छ ।
नेपालीका लागि उत्पादनमूलक र कृषि क्षेत्रमात्र हो । मन्त्रालयले मार्चका लागि १७ हजार ६ सय ४० र अतिरिक्त १२ सय कोटा तथा जुनका लागि १२ हजार ९ सय ९० र अतिरिक्त ८ सय कोटा छन् ।
सेप्टेम्वरका लागि ६ हजार ६ सय,अक्टुवरका लागि ६ हजार ५ सय ७० कोटा छुट्याइएको छ । निर्धारित कोटा अक्टुवरसम्ममा ल्याइनेछ,आजको कारोबार दैनिकमा खबर छ ।

.jpg)

