Published On:Tuesday, December 16, 2014
Posted by dadad
संचारकर्मी आचार्यको माया वस्यो झ्यापै
गौरव त्रिपाठी,पोखरा । पोखराका संचारकर्मी सुरज आचार्यले फेरी नेपाली लोक संगीतको क्षेत्रमा अर्को कोसेली लिएर आदै छन् ।
भरखर कलेज पढ्ने माया प्रेममा फसेकाहरु प्रति लक्षित गर्दे आचार्यले माया वस्यो झ्यापै एल्वम वजारमा ल्याउन लागेका हुन् ।
पढ्न भनी शहरमा झरीयो
नक्लीको जाल भित्र परियो
माया वस्यो झ्यापै
तिम्रो वोली सुनेसी मायाको जाल वुनेसी
पढाईमा मन नजाने भो च्यापै
यो गीतले छोटा छोटा लुगा लगाउने र आफ्नो संस्कृती विर्सेकाहरुलाई सजग गराउने खालको रहेको वाताइएको छ ।
एल्वममा स्वर सुरज आर्चाय ,राजु ढकाल र देवी घर्तीको रहेको छ ।
शव्द सुरज आचार्य र लय रामजी पौड्लयको रहेको छ ।
मालश्री रेकडीङ स्टुडीयो काठमान्डौ मा रेकडीङ्ग कार्य सकिएको आचार्यले जानकारी दिएका छन् ।
अव माया वस्योे झ्यापैको म्युजीक भिडियोको निमार्ण जारीरहेको छ ।
यस अघि पनि आचार्यको अन्त कतै नजर लाईन नी भन्ने गितले निकै चर्चा पाएको थियो ।
सुरज हाल मेघा एफ मा कार्यरत छन् ।
संस्कृती र आफ्नो मौलीकतालाई नभुल्न सवै लाई आगर्ह समेत गरेका छन् ।
गितले सवैको मन जित्ने आचार्यले वताएका छन्।




