Published On:Monday, December 15, 2014
Posted by Unknown

यातायात मजदुरको तीनपुस्ते अभिलेख अभियान सुरु

१ पुस- दुर्घटना न्युनीकरणका लागि प्रहरी र यातायात व्यवसायीको सक्रियतामा धरानको तीनकुनेमा सवारी रोकेर यातायात मजदुरको तीनपुस्ते अभिलेख राख्न थालिएको छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीको पहलमा यस्तो अभियान सुरु भएको हो ।

धरानबाट विभिन्न जिल्लाका लागि छुट्ने झन्डै सात सय सवारी साधनमा झन्डै दुई हजार मदुर काम गर्ने यातायात व्यवसयाी सरोज श्रेष्ठले बताएको नयाँ पत्रिकामा खबर छ । 

मजदुरको तीनपुस्ते अभिलेखले जिम्मेवारीसँगै गल्ती गर्दा कारबाहीको भागिदार हुनुपर्ने बोध गराउने प्रहरीले जनाएको छ । 

यो अभियानले सचेतना बढाउनुका साथै दुर्घटनामा कमी हुने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए ।

0 comments for " यातायात मजदुरको तीनपुस्ते अभिलेख अभियान सुरु "

Leave a reply

    Popular Posts

    Blog Archive