Published On:Monday, December 15, 2014
Posted by Unknown

तपाई मोटो केटा हुनुहुन्छ भने दुब्ली केटी बिहे गर्नुस रेष्टुरेन्टमा सित्तैमा खान पाइन्छ।

सायद यो विश्वको एकमात्र रेष्टुरेन्ट होला जसले दुब्ली महिला तथा मोटा पुरुषलाई सित्तैमा खुवाउँछ । दक्षिण पश्चिमी चीनको च्वंगक्विङमा यस्तो अनौठो रेष्टुरेन्ट छ । 


जहाँ साढे ३४ किलो भन्दा कम उमेरका वयस्क महिलाले सित्तैमा रोजीरोजी खान पाउँछन् । ना हु नामको उक्त रेष्टुरेन्टमा महिलाले मात्र होइन, पुरुषले पनि सित्तैमा खान पाउँछन् ।

 तर त्यस रेष्टुरेन्टमा सित्तैमा खान पाउने पुरुष भने विरलै हुनेछन्, किनकी केवल १ सय ४० किलो भन्दा माथिको तौल भएका पुरुषहरुलाई मात्र निशुल्क भोजन गराउने नियम तोकेको छ रेष्टुरेन्टले । 

तर चिन्ता लिनु पर्दैन त्यो भन्दा कम तौल भएकाहरुले भने वजनको आधारमा खानामा छुट पाउँछन्, अर्थात् जति धेरै वजन भयो उति धेरै छुट । आफ्नो प्रवर्धनात्मक अफर सार्वजनिक गर्दै रेष्टृुरेन्टले भनेको छ, ‘ना हु रेष्टुरेन्टले दुब्ला र मोटा दुबै प्रकारका मानिसको स्याहार गर्छ । 

तपाइँका मोटा वा दुब्ला साथीहरुलाई ल्याउनुहोस्, सित्तैमा खानुहोस् ।’ रेष्टुरेन्टमा गएपछि खाना खानुअघि कर्मचारीहरुले ग्राहकको तौल लिनेछन् र उनीहरुले सित्तैमा खान पाउने नपाउने वा पुरुष ग्राहकले कति छुट पाउने भन्ने कुराको हिसाबकिताब गर्नेछन् । 

रेष्टुरेन्टले चिनिया सोसल मिडिया वेइबोको आफ्नो पेजमा यो अफर सम्बन्धि सूचना राखेको छ । यो अफप्रति सोसल मिडियामा धेरै खाले प्रतिक्रिया आएका छन् । तर साढे ३४ किलो भन्दा कमकी महिला र १ सय ४० किलोभन्दा बढिका पुरुष निकै कम हुने भएकाले रेष्टुरेन्टले केवल चर्चा पाउन मात्र यस्तो कुरा गरेको टिप्पणी कतिपयले गरसेका छन् । 

तर केही महिला तथा पुरुष ग्राहकले आफ्नो तौलका कारण सित्तैमा खाने अफरको फाइदा उठाइसकेको तस्वीर सहितको समाचार चिनिया अन्तराष्ट्रिय रेडियो सिआरआइले छापेको छ । 

रेष्टुरेन्टको यस्तो अफरको फाइदा लुट्न मोटाउने र दुब्लाउने इच्छा कतिपयमा जागेको होला । तर अब मोटाइ वा दुब्लाइमा परिवर्तन ल्याउन पर्याप्त समय छैन । किनभने रेष्टुरेन्टको यो अफर यो डिसेम्बर महिलाभरको लागि मात्र भएको बनाइएको छ ।

0 comments for "तपाई मोटो केटा हुनुहुन्छ भने दुब्ली केटी बिहे गर्नुस रेष्टुरेन्टमा सित्तैमा खान पाइन्छ।"

Leave a reply

    Popular Posts

    Blog Archive