Published On:Thursday, May 14, 2015
Posted by dadad
बिहान ५.५ रिक्टर स्केलको पराकम्पन
काठमाडौँ, १ जेठ । आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।काठमाडौँ नजिक केन्द्रबिन्दु भएकाले पराकम्पनको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
गत मङ्गलबार दोलखालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएपछि आजको सबैभन्दा ठूलो पराकम्पन हो । यसअघि हिजो काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर ५.० रिक्टर स्केलको पराकम्पन गएको थियो । रासस



