Published On:Friday, May 15, 2015
Posted by Tekman Shakya
राहत पुगे नपुगेको खबर गर्न विशेष समितिको आग्रह
१ जेठ, काठमाडौं । व्यवस्थापिका–संसद्, राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुगे नपुगेकाबारे जानकारी गराउन सर्वसाधारण नागरिकसँग आग्रह गरेको छ ।
व्यवस्थापिका–संसद्द्वारा गत वैशाख ३० गते गठित शीर्ष समितिले भूकम्प प्रभावित व्यक्तिलाई राहत सामग्री वितरण भए नभएको, उद्धारको काम भए नभएको र राहत सामग्रीको उचित प्रयोग भए नभएको विषयमा आफूलाई थाहा भएको जानकारी समितिमा पठाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।
समितिले आज जारी गरेको सूचनामा यस्तो जानकारी विशेष समिति, व्यवस्थापिका– संसद् सचिवालय सिंहदरबारमा पठाउन सकिने जनाइएको छ । यसका साथै टोली फ्री नम्बर १६६० ०१ २२ ३३४ मा तथा समितिको इमेल चदष्उबमकबmष्तष्२नmबष्।िअयm मा पनि पठाउन सकिनेछ । भूकम्प प्रभावित ठाउँमा सरकार तथा विभिन्न निकायद्वारा भइरहेका कामकारबाहीको अनुगमन तथा निरीक्षणका लागि सभामुखको अध्यक्षतामा ७२ सदस्यीय विशेष समिति गठन गरिएको हो । रासस


