Published On:Saturday, May 16, 2015
Posted by dadad

अन्तर्राष्ट्रिय रेडक्रसबाट तेब्बर सहयोग घोषणा

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री सुशील कोइरालासँग अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घका महासचिव इल्हाज एस्सीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटी नेपाल रेडक्रससँगको साझेदारी र सहयोगमा महासङ्घले काम गरिरहेको बताउँदै सहयोग रकम तेब्बर पार्ने घोषणा गर्नुभएको छ । 

महासङ्घले भूकम्पपीडितलाई तत्काल राहतस्वरुप ३३ मिलियन अमेरिकी डलर सहयोग गरिसकेको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले यस्ता विपत्तिको सामना गर्ने आवश्यक ज्ञान, संस्थागत संरचना, जनशक्ति र स्रोत साधनको कमीले क्षति बढी हुन गएको बताउँदै अब यस्ता विपत्तिलाई हेर्ने अलग्गै विशेष संरचना बनाउन लागिएको जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ । 

नेपालमा आएको विपत्तिमा अन्तर्राष्ट्रिय रेडक्रसले गरेको मानवीय सहयोगको सराहना गर्दै उहाँले पुनःस्थापना र पुनःनिर्माणको चरणमा नेपाललाई नेपालका सबै सहयोगीको थप सहयोग आवश्यक पर्ने बताउनुभयो । 

वार्ताका क्रममा महासङ्घका महासचिव एस्सीले पुनरुत्थान कार्यसँगै प्राकृतिक विपद्बाट जोगाउने संस्थागत संरचना, कानुनी संरचना र आवश्यक जनशक्ति जुटाउँदै राष्ट्रिय सामथ्र्य बढाएर विपद् सामना गर्ने स्रोत साधन तयारी राख्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । रासस 

0 comments for "अन्तर्राष्ट्रिय रेडक्रसबाट तेब्बर सहयोग घोषणा"

Leave a reply

    Popular Posts

    Blog Archive