Published On:Monday, May 18, 2015
Posted by dadad
पहेलो दांतलाई मोति जस्तै चम्किलो बनाउने सहज तरिका
दांतमा पहेलोपनले तपाइकोसुन्दरतामा निकै प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दांत ले तपाइको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ । यदि तपाइको पनि सेतो दांत छैन जति सफा गरेपनि दांत सेतो र चम्किलो हुँदैन भने अब यसो गर्नुहोस : आफ्नो दांतलाई सेतो अनि चम्किलो बनाउन कागतीको उपयोग गर्नुहोस । यसको उपयोगबाट पहेलो दांत पनि सेतो र चम्किलो बन्छ ।- दिनहुँ २ पटक ब्रश गर्नुहोस । ब्रश गरिसके पछि कागतीको रसमा थोरै पानी हालेर दांतमा मसाज गर्नुहोस । सुकाइएको कागतीको बोक्रा पिसेर पाउडर बनाउनुहोस् । यसको सहायताले दिनमा एक पटक दांत माझ्नुहोस दांत चम्कन थाल्छ । कागतीको रस र बेकिंगसोडालाई मिसाएर पेस्ट बनाईदांत ब्रश गर्नसक्नु हुन्छ । एक चम्चा कागतीको रसमा आधा चम्चा नुन मिसाई दांत मालिश गर्नुहोस । दांत बिल्कुलै सफा हुनेछ ।


