Published On:Sunday, May 31, 2015
Posted by dadad
१० प्रदेशमा पुनर्विचार गर्न प्रचण्डको आग्रह
१८ जेठ, काठमाण्डौ । मधेसी दलसँग आफ्नो निवास लाजिम्पाट र ३० दलसँग सिंहदरबारमा गरेको बैठकमा
दाहालले यस्तो आग्रह गरेका हुन् । 'कांग्रेस, एमालेबाट सहमतिमै अघि बढ्ने
प्रतिबद्धता आएको छ । हामीले पनि १० प्रदेशमा कति मिलाउन सकिन्छ र पहिचान
तथा अधिकारमा आधारित कस्तो संघीयतामा जान सकिन्छ पुनर्विचार गरौ भन्नुभयो'
एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने ।आन्तरिक छलफलपछि औपचारिक निर्णयका लागि ३० दलको बैठक सोमबार दिउास बस्नेछ । सद्भावनाका नेता लक्ष्मणलाल कर्णले पुनर्निर्माण र संविधान निर्माणलाई संगसंगै लैजानुपर्नेमा विपक्षी मोर्चा एकमत भएको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलसहितको सात दलीय र साना
दलसमेतको ३० दलीय मोर्चासम्बद्ध दलसँग आफूहरुले अघि सारेको १० प्रदेशको
अवधारणामा सम्भव भएसम्म पुनर्विचार गर्न आग्रह गरेका छन् । कान्तिपुर
दैनिकमा समाचार छ ।


