Published On:Sunday, May 24, 2015
Posted by dadad
विद्यालय खुल्ने अझै अनिश्चित
११ जेठ, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमा अस्थायी कक्षाकोठाको निर्माण हुन
नसक्दा पठापाठन अन्योलमा परेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
शिक्षा मन्त्रालयले जेठ १७ गतेदेखि पठापाठन सुरु गर्ने तयारी गरेका बेला त्यसको संभावना देखिएको छैन ।
मन्त्रालयले भूकम्पबाट ध्वस्त विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण
गर्न शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । व्यावहारिक र प्राविधिक कारणले
त्यो बन्न सकेको छैन् ।


