Published On:Friday, October 24, 2014
Posted by dadad
यसरी दिनुहोस् आँखालाई आराम
आज कम्प्युटर हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । हरेक कामहरु कम्प्युटरमा नै गर्नुपर्दछ । तर, कम्प्युटरमा लगातार काम गर्दा त्यसको असर हाम्रो आँखामा पर्दछ ।
यसैको कारण हाम्रो आँखा कैयौंपटक रातो र थकित हुनेगर्दछ । यतिमात्र होइन, यसले आँखाको दृष्टिलाई पनि प्रतिकूल प्रभाव पार्दछ । यसबाट बच्नको लागि हामीले कम्प्युटरको चम्किलोपना मिलाएर आँखाको सुरक्षा गर्न सक्छौं ।
धेरै चम्किलो बनाएर काम गर्दा हाम्रो आँखामा प्रत्यक्ष प्रभाव पार्न सक्छ । आउनुहोस्, लगातार कम्प्युटरमा काम गर्दा आँखाको सुरक्षा कसरी गर्ने, केही जानकारी लिऔं :
कम्प्युटरको स्क्रिनमा लगातार हेरिरहँदा आँखालाई धेरै दवाव पर्न सक्छ । यसर्थ, कम्प्युटरमा काम गर्दा बेला बेलामा ब्रेक्र लिनुपर्दछ । केही समयको लागि कम्प्युटरको स्क्रिनबाट आफ्नो आँखा हटाएर अन्तै हेर्ने हो केही समय बसेको ठाउँ छोडेर बाहिर घुम्दा आँखालाई लगातारको दबाव कम हुनसक्छ । यसको लागि १०–३० मिनेटको समय खर्चनु राम्रो हुन्छ ।
आँखाको परेली निरन्तर झिम्क्याइरहँदा आँखालाई धेरै आराम हुन्छ । जसबाट आँखामा पर्ने दबावमा कमी आउन सक्छ । कम्प्युटरमा काम गर्नेहरुले हरेक तीन–चार सेकेन्डमा आफ्नो परेलालाई झिम्क्याउनु पर्दछ । हाम्रो आँखालाई आँसु चाहिन्छ र आँखा नझिम्क्याईकन निरन्तर काम गर्दा आँसुको अभाव हुन्छ र आँखामा समस्या हुन्छ । परेली झिम्क्याउँदा आँसुको आपूर्ति निरन्तर हुन सक्छ ।
तपाईंको आँखालाई धेरै दबाव भइरहेको छ भने कम्प्युटरको स्क्रिनको चम्किलोपना र कन्ट्रास्टलाई मिलाउनुपर्दछ । यसबाट पनि आँखालाई फाइदा हुन्छ । कम्प्युटरको चम्किलोपना धेरै बनाउनु पनि हुँदैन, थोरै बनाउनु पनि हुँदैन ।
तपाईंले काम गर्ने ठाउँमा प्रयाप्त प्रकाश छ कि छैन ? यसमा ध्यान दिनै पर्दछ । कोठा अँध्यारो र कम्प्युटर धेरै चहकिलो वा अन्य अवस्थामा काम गर्नु हुँदैन । यसरी नै एसीको मूनि बसेर काम गर्दा आँखाको आँसु सुकेर आँखा सुक्खा हुन सक्छ ।
नवभारत टाइम्सबाट


